नेकपाका नेताले बाचन गरे–सडकमै संविधान

Written by meropradesh creator

२६ पुष २०७७, आईतवार

रामेछाप । नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधव समुहले दोस्रो चरणको कार्यक्रम अनुसार आइतवार सदरमुकाम मन्थलीको सडकमा संविधान वाचन गरेर विरोध प्रर्दशन गरेका छन् ।
नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधानको पाना च्यातेको आरोप नेकपाका केन्द्रिय सदस्य तथा रामेछापका जिल्ला इन्चार्ज देवशंकर पौडेलले जानकारी दिए । उनले भने– अहिले प्रधानमन्त्रीले संसद विघटन गरेको बिषयमा पूर्व प्रधानन्यायाधिस, सर्वोच्चका न्यायाधिस र संविधानविद्हरुले विरोध जनाइरहेको बताए ।
त्यसैगरी विरोध कार्यक्रममा प्रदेश सचिवालय सदस्य तथा नेकपा प्रचण्ड–माधव समुहका जिल्ला सचिव शान्तिप्रसाद पौडेलले अहिले मुलुक नै कोरोना महामारीले गाजिरहेको बेला जनताको चाहना विपरित प्रधानमन्त्रीले संसद विघटन गरेर मध्यावधि चुनाव गराउछु भन्नु असंवैधानिक कदम भएको बताए ।
मन्थलीको सडकमा नेकपा प्रचण्ड–माधव समुहका रामेछापका जिल्ला अध्यक्ष मयनकुमार मोक्ताननले संविधानको धारा ७६ को वुदा नं १ देखी ७ नम्वर बुदासम्म पढेर सहभागीहरुलाई सुनाएका थिए । विरोध सभामा सहभागी कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा विभिन्न नाराहरु लगाउँदै संसद पुनःस्थापनाको माग गरेका थिए ।
यसैगरी सोही कार्यक्रममा प्रचण्ड–नेपाल समुहले सदस्य द्धय आनन्द श्रेष्ठ र पुरुषोत्तम कडेरीयालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जनाएका छन् । प्रचण्ड–माधव समुहले निष्कासन गरेको दुई सदस्य अहिले प्रधानमन्त्री केपी शर्मा ओली समुहको आनन्द श्रेष्ठ जिल्ला अध्यक्षमा चयन भएका छन् भने सचिवमा पुरुषोत्तम कडेरिया चयन भएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...