रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा नगरपालिकाले चालु तर्फ ४४ दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षको साउन महिना देखि फागुन महिनासम्म जम्मा बजेट ७६ करोड ८८ लाख ६९ हजार ५ सय ५१ रहेकोमा २६ करोड ७ लाख ५५ हजार ६ सय ९४ रुपैयाँ अर्थात् ३३.९१ प्रतिशत रकम खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईँले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत चापागाईँले यो अवधिसम्म चालु तर्फ ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ रुपैयाँ बजेट रहेकोमा २२ करोड ६४ लाख २३ हजार १ सय ८ रुपैयाँ अर्थात् ४४ दशमलव ०९ प्रतिशत बजेट खर्च भएको बताउनु भयो । पुँजीगत तर्फ २५ करोड ५१ लाख ६५ हजार ८ सय २८ रुपैयाँ बजेट रहेकोमा ३ करोड ४३ लाख ३२ हजार ५ सय ८६ रुपैयाँ अर्थात् १३ दशमलव ४५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चापागाईँले बताउनु भयो । यो अवद्यिसम्म नगरपालिका तथा वडाले विभिन्न शीर्षकमा ७० लाख ७८ हजार राजश्व सङ्कलन गरेको जनाएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नागरी कले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र विकास निर्माणका कामहरूसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरिकहरूले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईँ र सम्बन्धित वडाका वडा अध्यक्षले दिएका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रमकै अवसर पारेर भिडियो एकसरे, महिलाहरूको पाठेघरको क्यान्सर परीक्षण, विभिन्न रोगको परीक्षण र औषधि वितरण, आयुर्वेद चिकित्साबाट बिरामीको उपचार, सामाजिक सुरक्षा अन्तरगतका विभिन्न कार्य, किसानलाई तरकारीको बिउ विजन वितरण, पशु औषधि र सेवा लगायतका नगरपालिकाबाट सम्पादन हुने सार्वजनिक सेवा समेत सञ्चालन गरिएको थियो । सयौँ स्थानीय बासिन्दाले उक्त सुविधा लिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगरप्रमुख लबश्री न्यौपाने, उप प्रमुख बालकुमारी कार्की, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँ र वडा अध्यक्षहरू र विषयगत शाखाका प्रमुखहरूले सहभागीबाट आएका जिज्ञासाका सम्बन्धमा स्पष्ट पारेका थिए ।

रामेछाप नगरपालिकाले वडा तहखानै पुगेर सार्वजनिक सुनुवाइ गर्ने र सोही दिन घुम्ती शिविरको रूपमा नगरपालिकाबाट सम्पादन हुने सम्पूर्ण सेवा समेत प्रवाह गर्ने गरेको छ । यसअघील्लो सार्वजनिक सुनुवाइ वडा नम्बर ९ मा भएको थियो ।

उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिपक घिमिरे ,रास्वपाका नेता दुर्गा बहादुर बस्नेत,माओवादी केन्द्रका नेता भिम बहादुर तामाङ्ग,नेकपा एमालेका नगर अध्यक्ष रोशन पाख्रिन र नेपाली कांग्रेसका नगर सचिव सुशिलहरी बख्रेलले नगरपालिकालाई विभिन्न सुझाव सहितको मन्तव्य राख्नुभयो । उहाँहरूले नगरले गर्ने हरेक कामहरू निष्पक्ष र पारदर्शी हुनुपर्ने बताउनुभयो ।

हजुरको रेडियोले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,नगर प्रवक्ता समीर कार्की ,विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि,वडा अध्यक्षहरू,पत्रकार,नगरपालिकाका कर्मचारी,नागरिक लगायतको उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमकै अवसर पारेर स्वास्थ्य,कृषि,पशु,आयुर्वेद र ज्येष्ठ नागरिक परिचय पत्र वितरण जस्ता विविध सेवाहरू सञ्चालन गरिएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...