नयाँ पाड्यक्रम सहितको विश्वविद्यालय बागमती प्रदेशमा – सामाजिक विकास मन्त्री खड्की

रामेछाप । नयाँ पाठ्यक्रम सहितको विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी गरिरहेको बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरी प्रभा खड्कीले बताउनु भयो । शुक्रबार मन्थली नगरपालिकाले आयोजना गरेको प्रधानाध्यापक र स्थानीय सरकार सँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ पाठ्यक्रम सहितको विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी भई रहेको बताउनु भएको हो ।
मन्त्री खड्कीले कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालय सञ्चालनमा ल्याउन मन्त्रालयले उपकुलपति नियुक्ति गरेर पाठ्यक्रम बनाउने काम भइरहेको बताउनु भएको छ । मन्त्री खड्कीले भन्नु भयो“ हामीले उपकुलपति नियुक्ति गरेर पाठ्यक्रम बनाउने काम गरिरहेको छौँ । नयाँ पाठ्यक्रम सहितको छिटै विश्वविद्यालय सञ्चालनमा आउँछ । त्यसका लागी पूर्व मुख्यमन्त्री, मन्त्री र विषय विशेषज्ञहरू सँग पनि बसेर छलफल गरिरहेका छौँ” । बागमती प्रदेश सरकारले प्रविधि सँग जोड्दै नैतिक शिक्षा लागु गर्नु पर्ने कुरामा आफूले जोड दिएको मन्त्री खड्कीले बताउनु भयो ।
भौतिक संरचना बनाएर मा शैक्षिक सुधार नहुने भन्दे शैक्षिक क्षेत्रको विकासका लागी नीतिगत शैक्षिक सुधारका योजना ल्याउन प्रधानध्यापकहरुलाई मन्त्री खड्कीले आग्रह गर्नु भएको छ । मन्त्री खड्कीले बागमती प्रदेशको अधिकांश विद्यालयहरूमा भौतिक संरचना बनिसकेको भन्दै अब शैक्षिक क्षेत्रको सुधारका लागी काम गर्नु पर्ने बताउनु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...