एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

२१ पुष २०८१, आईतवार

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अम्बर आदर्श साकोसले १ हजार १ सय शेयर सदस्यको शेयर पुँजी रु ३१ लाख ३८ हजार २ सय ८४ रुपैयाँ, निक्षेप सङ्कलन मार्फत सङ्कलित रकम रू १ करोड ९२ लाख ५० हजार ८ सय ४६ रुपैयाँ सहित १ करोड ६९ लाख ८८ हजार ४ सय ८३ रुपैयाँ लगानी गरी उक्त रकम नाफा कमाएको र गत वर्ष ६ लाख ३४ हजार नाफा कमाएको यस संस्थाले यस वर्ष दोब्बर भन्दा बढी नाफा कमाएको पनि दाबी गरेको छ ।

संस्थाका अध्यक्ष भोला बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला सहकारी सङ्घ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले सहकारी सञ्चालकहरूलाई सहकारीको नीति र विधान भन्दा बाहिर नजान आग्रह गर्नु भएको छ ।

सो अवसरमा कार्यसमितिका उपाध्यक्ष भुवन थापा,नेपाल पत्रकार महासङ्घ रामोछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरे,वर्तमान अध्यक्ष दीपक घिमिरे,नेफ्स्कुन रामेछापका फिल्ड अधिकृत सूर्य बहादुर थापा,जिल्ला बचत सङ्घका महासचिव शिवराज श्रेष्ठ लगायतले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

संस्थाको बन्द सत्रले कोषाध्यक्ष ढुङ्गेल द्वारा प्रस्तुत २ करोड ९६ लाख ६१ हजार ९ सय १९ रुपैयाँ कारोबार सहितको आम्दानी तथा खर्चको विवरण पास गर्नुका साथै सचिव कुमार खत्री द्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन समेत पास गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...