भोली देखी मन्थलीमा कृषि तथा लघु उद्यम प्रदर्शनी मेला हुद्दै 

१५ पुष २०८१, सोमबार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा भोली १६ गते देखी कृषि तथा लघु उद्यम प्रदर्शनी मेला हुने भएको छ । मन्थली नगरपालिकाको आयोजनामा हुने प्रदर्शनी मेलाको तयारी पुरा भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको तयारी पूरा भएको जनाएको हो ।

दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेलमा नगरपालिका भित्र उत्पादित वस्तुहरू राखिने नगरपालिकाले जनाएको छ । यही पुस १६ र १७ गते जिल्ला समन्वय समितिको परिसरमा हुने प्रदर्शनी मेलाको तयारी बारे जानकारी दिँदै नगरपालिकाका आर्थिक विकास शाखा अधिकृत गोविन्द कट्टेलले नगरपालिकाभित्र उत्पादन तथा प्रशोधन भएका बाली वस्तुहरूको प्रदर्शनीका लागि आयोजना गरिएको कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको तयारी पुरा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो “पुस १६ र १७ गते हुने मेलाको तयारी लगभग सकिएको छ । मेलामा बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य चिया कफी मसला बाली नर्सरी फूल कन्दमूल लगायतका उपजहरू हुनेछन् । पशुपन्छी तर्फ खसी, बोका, अन्डा र दूधजन्य उत्पादनहरू प्रदर्शनी गर्ने तयारी भएको छ ।”लघु उद्यम तर्फ ढाका, साबुन, सर्फ,बाँसबाट बनाइएका सामाग्रीहरू होसियारी, दुना टपरी जुस प्रदर्शनीमा राखिने तयारी भएको उहाँले बताउनुभयो । प्रदर्शनी मेलाका लागि ५३ वटा स्टल तयार गरिएको र उक्त स्टल कृषक तथा उद्यमीहरूलाई निःशुल्क गरिएको उहाँले बताउनु भयो । यो सँगै स्टलमा आफ्नो उत्पादन राख्ने कृषक तथा उद्यमीहरूलाई प्रति स्टल एक जनालाई दुई दिनसम्म बस्ने, खाने र यातायात खर्चको पनि व्यवस्था गरिएको जानकारी दिनु भयो । 

कृषि तथा उद्यमसँग सम्बन्धित परामर्श सेवा पनि प्रदान गरिने दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेलामा १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो “नगरपालिकाले पहिलो पटक कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्न लागेकाले छ । यो वर्ष यो मेलामा बढीमा १२ लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । यसबाट हुने कमी कमजोरीलाई सच्याएर अर्को वर्ष थप व्यवस्थित बनाउँछौँ।” नगरपालिकाले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएपछि नगरपालिका भित्र रहेका १४ वटै वडाका कृषक तथा लघु उद्यमीहरू उत्साहित भएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...