मन्थलीमा तीन दिने स्काउट ट्रुप लिडर तालिम सम्पन्न

१२ पुष २०८१, शुक्रबार

युबराज श्रेष्ठ

रामेछाप । मन्थली नगरपालिकामा सञ्चालन भएको तिन दिने स्काउट ट्रुप लिडर तालिम बिहिबार सम्पन्न भएको छ । मन्थली नगरपालिकामा रहेका सामुदायिक र निजी २८ वटा विद्यालयका ५६ जना विद्यार्थीलाई स्काउट ट्रुप लिडर तालिम प्रदान गरिएको छ । नगरपालिकाको सहयोगमा नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय मन्थलीले तालिम प्रदान गरेको हो ।


पुस १० गते देखि सुरु भएको तालिम १२ गते मन्थलीमा सञ्चालित आवासीय तालिममा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाही , कमला थापा, प्रशिक्षक भिमतुना शाक्य र अन्तर्राष्ट्रिय आयुक्त गुञ्जबहादुर श्रेष्ठ लगायतले स्काउटको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानका बारेमा प्रशिक्षण दिनुभएको छ । शुक्रवार तालिमको समापन गर्दै मन्थली नगरपालिकाका प्रवक्ता, सामाजिक विकास समितिका संयोजक गोपाल श्रेष्ठले तीन दिने आवासीय तालिममा सिकेका कुराहरूलाई प्रयोगमा ल्याउन सहभागीहरूलाई आग्रह गर्नुभयो ।


उहाँले भन्नुभयो “कुनै पनि तालिम सञ्चालन गर्नु ठुलो कुरा होइन । तालिममा सिकेका कुराहरू व्यवहारिक रूपमा प्रयोगमा आयो कि आएन त्यो महत्त्वपूर्ण विषय हो । त्यसैले स्काउट ट्रुप लिडर तालिमबाट सिकेका कुराहरूलाई आफ्नो विद्यालयमा प्रयोगमा ल्याउन आग्रह गर्दछु ।”
तालिमका प्रशिक्षक नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाही र कमला थापाले तीन दिने तालिमबाट सहभागीहरूले महत्त्वपूर्ण सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्राप्त गरेकाले यसको व्यवहारिक प्रयोगमा आउने विश्वास व्यक्त गर्नुभयो । मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्र वान, तथा सुयोग्य नागरिक बन्न स्काउट ट्रुप लिडर तालिम अत्यावश्यक रहेको बताउनुभयो ।


तालिममा विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनाका बारेमा जानकारी गराउँदै बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमबाट कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्र वान, तथा सुयोग्य नागरिक बनाउने बारेमा आवश्यक छलफल पनि भएको आयोजक स्थानीय स्काउट कार्यालय मन्थलीका आयुक्त भुवनकुमार श्रेष्ठले बताउनुभयो ।


तालिममा सहभागी स्काउट ट्रुप लिडर विद्यार्थीहरूले तीन दिने तालिमले महत्त्वपूर्ण सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हासिल भएको बताए । तालिमका अवसरमा स्काउट मार्च पासका लागि आवश्यक सामाग्री समेत विद्यालयहरूलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...