जनस्वास्थ्य कार्यालय रामेछापको वार्षिक गतिविधिको विषयमा छलफल

१७ मंसिर २०८१, सोमबार

रामेछाप । जनस्वास्थ्य कार्यालय रामेछापले जिल्लाका पत्रकारहरु संग वार्षिक कार्यक्रमका विषयमा छलफल गरेको छ । जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य कार्यालयले जनस्वास्थ्य कार्यालय मार्फत गत वर्ष गरेको कार्यक्रम र चालु आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन हुने कार्यक्रमहरू र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी दिदै सुझाव लिएको छ ।
अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख एवं वरिष्ठ जन स्वास्थ्य अधिकृत जितेन्द्र शाहले जनस्वास्थ्य कार्यालय रामेछाप मार्फत जिल्लामा सञ्चालन भइरहेको कार्यक्रमहरूको बारेमा जानकारी गराउनुका साथै त्यसबाट समाजमा परेको प्रभावका बारेमा आफ्नो प्रस्तुति गर्नु भएको थियो । कार्यक्रमका अवसरमा सहभागी पत्रकारहरूले जन स्वास्थ्य कार्यालयका विभिन्न कार्यक्रमहरूको प्रभावकारिता तथा र तिनको अवस्थाका बारेमा कार्यालय सँग जानकारी माग गरेका थिए ।
सो अवसरमा उनीहरूले जन स्वास्थ्य कार्यालयले सञ्चालन गर्दे आएका कार्यक्रमहरू मध्य बढ्दो मात्रामा रहेको आत्महत्याका घटना रोकथाम तथा नसर्ने रोगको समस्या कम गर्नका लागि जनस्वास्थ्य कार्यालयको भूमिकाका बारेमा पनि प्रश्न गरेका थिए ।
पत्रकारहरूले आत्मा हत्या तथा मातृ तथा नवजात शिशु मृत्यु कम गर्नका लागि सञ्चालित आमा सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसक्दा रामेछापमा अहिले पनि गर्भवती तथा सुत्केरी आमाको ज्यान जाने जस्ता घटनाहरू भइरहेको भन्दै त्यस बारेमा कार्यालयको ध्यानाकर्षण गराएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...