बाढी पहिरोमा परेका घाइतेको अवस्था बुझ्न स्वास्थ्य मन्त्री पौडेल धुलिखेल अस्पताल

रामेछाप । अविरल वर्षा सँगै यही असोज १२ गते आएको बाढी पहिरो बाट घाइते भएका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले धुलिखेल आएका छन् । स्वास्थ्य मन्त्री पौडेलले धुलिखेल अस्पताल आएर उपचाररतहरूको घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शनिवार दिउसो अस्पताल आएका मन्त्री पौडेलले बाढी पहिरोमा परेर धुलिखेल अस्पतालमा उपचाररत घाइते र आफन्त भेटेर उपचार र व्यवस्थापनबारे जानकारी लिएका हुन् । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्य, डा. राजेन्द्र कोजू लगायतले उपचाररत घाइतेको अवस्था र अस्पतालले गरिरहेको प्रयासबारे जानकारी गराएका थिए ।

मन्त्री पौडेलले घाइतेहरूको अवस्था बुझ्न र उपचार कसरी व्यवस्थित गराउन सकिन्छ भन्ने चासोका साथ अस्पताल आएको बताएका छन् । उनले बाढी र पहिरोमा परेर घाइते सबैको उपचार निःशुल्क गर्ने सरकारले निर्णय गरेको भन्दै उपचारको कुनै समस्या नभएकोले चिन्ता नलिन घाइते र घाइतेका आफन्तलाई आग्रह गरेका छन्  । विपद्पछि हुन सक्ने स्वास्थ्यजन्य महामारीको बारेमा सरकार सचेत भएको भन्दै त्यसको तयारी गर्न निर्देशन समेत दिएका छन्  । विपद्को समयमा धुलिखेल अस्पतालले पुर्‍याएको सेवाको प्रशंसा गर्दै मन्त्री पौडेलले सबैलाई साथमा लिएर अझै उत्कृष्ट सेवा दिन अनुरोध गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने...

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदका १२ वटा संसदीय समितिको सभापति चयनका लागि प्रक्रिया अघि बढेको छ । यसै क्रममा, महत्वपूर्ण मानिने अर्थ समितिको सभापतिमा रामेछापका सांसद डा. कृष्णहरि बुढाथोकी सिफारिस हुनुभएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने बुढाथोकीलाई...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...