रामेछाप । मन्थली काठमाण्डौं हवाई उडान अब नियमित सञ्चालनमा आउने भएको छ । शुक्रवार नागरिक उड्डयन प्राधिकरणले रामेछाप काठमाण्डौंको लागी नियमित उडान तालीका उपलब्ध गराएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख हिरन शाहले जानकारी दिए । नियमित उडान तालीका तत्कालका लागी एक महिनाको उपलब्ध गराएको प्रमुख शाहले जानकारी दिए ।
कार्यालय प्रमुख शाहका अनुसार मन्थली काठमाण्डौं र काठमाण्डौं मन्थली समिट एयरलाइन्सले आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान भर्ने भएको छ भने तारा एयरलाइन्सले मङ्गलवार बिहीबार र शनिवार उडान भर्ने भएको छ । समिट एयरलाइन्सले काठमाडौँ बाट मन्थली दिउसो २ बजे उडान भर्ने भएको छ भने मन्थली बाट काठमाण्डौं २ः३५ बजे उडान भर्ने भएको छ । त्यस्तै गरी तारा एयरलाइन्सले काठमाण्डौं बाट २ः४० मा र मन्थली बाट ३ः०५ मा उडान भर्ने भएको छ ।