रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा अलपत्र परेका पर्यटकका उद्धारका लागी मन्थली काठमाण्डौं हवाई उडान भएको छ । लुक्ला बाट फर्कने पर्यटकहरू मन्थलीमा अलपत्र परेपछि तारा एयरले उडान भरेको हो । साथै सडक अवरुद्ध भए सँगै रामेछापमा उपचार हुन नसकेका बिरामीलाई समेत उपचारका लागी सहज गराउने लक्ष्य सहित आज बाट सडक सञ्जाल सुचारु नभए सम्म उडान सञ्चालन गरिने तारा एयरलाइन्सले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...