अख्तियारमा सबै भन्दा बढी खाँडादेवी र दोरम्बा शैलुङ्ग गाउँपालिकाको विरुद्ध उजुरी 

रामेछाप । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रामेछाप जिल्लामा रहेको स्थानीय तह मध्य सबै भन्दा बढी उजुरी खाँडादेवी गाउँपालिका र दोरम्बा शैलुङ्ग गाउँपालिका विरुद्ध परेको छ । रामेछाप जिल्लामा जम्मा परेको ३६ वटा उजुरी मध्य खाँडादेवी गाउँपालिका विरुद्ध  १२ र दोरम्बा शैलुङ्ग गाउँपालिका विरुद्ध ११ वटा रहेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी तुलसीराम पौडेलका अनुसार सबै भन्दा बढी खाँडादेवी गाउँपालिकामा १२ वटा उजुरीहरू परेका छन् । जसमध्ये अहिले सम्म दुई वटा उजुरी फर्छ्यौट भएका छन् । यस्तै दोरम्बा सैलुङ गाउँपालिकामा ११ वटा उजुरी परेकोमा ११ वटै फर्छ्यौट हुन बाकी छ । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा पाँच वटा उजुरी परेकोमा अहिलेसम्म एउटा मात्रै फर्छ्यौट भएको छ । रामेछाप नगरपालिकामा दुई वटा, उमाकुण्ड गाउँपालिकामा एउटा, गोकुलगंगा गाउँपालिकामा एउटा, सुनापति गाउँपालिकामा दुई वटा र लिखुतामाकोशी गाउँपालिकामा दुई वटा भ्रष्टाचार जन्य उजुरी परेकामा सबै उजुरीको फर्छ्यौट हुन बाकी रहेको जनाएको छ ।

शनिवार मन्थली नगरपालिकाको सहकार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रममा रामेछापमा परेको उजुरीको बारेमा जानकारी गराइएको हो । गत आर्थिक वर्ष २०८०÷०८१ मा जिम्मेवारी सरेर आएका केही लगायत चालु आर्थिक वर्ष २०८१÷०८२ को साउन र भदौ महिनामा गरी ३६ वटा भ्रष्टाचार जन्य उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा परेका छन् । चालु आर्थिक वर्षको साउन, भदौ र गत वर्षको जिम्मेवारी सरेर आएका सहित रामेछापका आठ वटा स्थानीय तहमा गरी हालसम्म ३६ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी तुलसीराम पौडेलले बताउनु भयो । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने खुर्कोट जोड्ने बेलिबृज जाडिएको छ । गत असोज १०,११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पक्की पुल सुनकोसी नदीले बगाएको थियो ।बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका...

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको थियो ।  प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक...