हेटौँडाबाट १ करोड ३५ लाख सहित दुई जना पक्राउ

४ आश्विन २०८१, शुक्रबार

मकवानपुर । जिल्ला प्रहरी कार्यालय हेटौँडाले १ करोड ३५ लाख सहित दुई जना पक्राउ गरेको छ । पूर्व–पश्चिम सडक खण्ड अन्तरगत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट अवैध मूल्य बराबरको सामान र ट्रकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा चालक भारत, बिहार राज्य, जिल्ला मोतिहारी, थाना तुकालिया, पूर्वी चम्पारण सपही बस्ने वर्ष ३० का जन्दार आलम र सोही स्थानका बन्जरिया पूर्वी चम्पारण चौलाहा कलोनी बस्ने वर्ष १९ का मुना मिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

प्रहरी उपरीक्षक रिजालका अनुसार, असोज २ गते सुनसरीबाट हेटौडा हुँदै काठमाडौँ जाँदै गरेको बी.आर. ०५ जी.डी. १३४३ नम्बरको भारतीय ट्रकलाई रोकी चेकजाँच गरिएको थियो । सो क्रममा ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर प्रति बोरा ५० किलोको दरले २६४ बोरा आलु राखी सोको भित्री भागमा लुकाई छिपाई गरी ७४ बोरा विभिन्न किसिममा लत्ताकपत्ता (कुर्ता, रोलसहितको सर्ट एवम् पाईन्ट) को कपडाहरू ल्याएको पाइएको प्रहरी उपरीक्षक रिजालले बताए ।

बरामद अवैध सामान र भारतीय ट्रक गरी १ करोड ३५ लाख मूल्य बराबरको भएको प्रहरी उपरीक्षक रिजालले बताए ।

पक्राउ परेका उनीहरूलाई बरामद सामान र ट्रकसहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक रिजालले बताए । उनका अनुसार, पक्राउ परेकामध्ये जन्दार आलम ट्रक चालक र मुना मिया सहचालक हुन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पालिका संख्या र सीमाना हेरफेरको तयारी, सुझाव माग्दै सरकार

पालिका संख्या र सीमाना हेरफेरको तयारी, सुझाव माग्दै सरकार

काठमाडौं । सरकारले देशभरका स्थानीय तहहरूको संख्या र सीमाना पुनरावलोकन गर्ने तयारी थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर, गाभिने तथा नगर वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्डको मस्यौदा तयार पारेर...

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने...

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदका १२ वटा संसदीय समितिको सभापति चयनका लागि प्रक्रिया अघि बढेको छ । यसै क्रममा, महत्वपूर्ण मानिने अर्थ समितिको सभापतिमा रामेछापका सांसद डा. कृष्णहरि बुढाथोकी सिफारिस हुनुभएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने बुढाथोकीलाई...