समस्या झेल्दै प्रहरी

Written by meropradesh creator

२५ पुष २०७७, शनिबार

रामेछाप । जिल्लाका अधिकांस प्रहरी चौकीहरु सुरक्षित भवन नहुँदा जोखिममा रहेका छन् । जनताको सुरक्षाको लागि खटिएका प्रहरी नै भूकम्पले क्षति पु¥याएको जोखिमपूर्ण घरमा बसेर कार्यालय संचालन गर्दै आएका छन् ।
ग्रामिण भेगमा कार्यरत प्रहरीलाई कार्यक्षेत्रमा काम गर्न धेरै समस्या रहेको छ । ग्रामिण भेगमा रासन पानीको ब्यवस्थापनमा समेत समस्या रहेको प्रहरीको गुनासो छ । नागरिकको सुरक्षामा २४ सै घण्टा ड्यूटिमा खटिनु पर्ने तर सरकारले प्रहरीलाई दिनुपर्ने सेवासुविधा नथप्दा सारै समस्या भएको एक प्रहरी जवानले गुनासो गरे ।
कतिपय इलाका प्रहरी कार्यालयहरु पालमूनी सञ्चालन हुँदै आएको छ । ‘ख’ वर्गको इलाका प्रहरी कार्यालयमा २३ जनाको दरबन्दी हुने भए पनि रामेछापको बेथानमा रहेको ‘ख’ वर्गको इलाका प्रहरी कार्यालयमा ९ जनामात्र प्रहरी कार्यरत रहेका छन् । भवन र कार्यालय संचालन गर्न कोठाको अभाव छ । इलाका प्रहरी कार्यालय बेथानको कार्यक्षेत्र अन्तर्गत सबै तिर सडक सुविधा भए पनि यातायातको अभावमा काम गर्न निकै कठिन भएको प्रहरीको गुनासो छ ।
इलाका प्रहरी कार्यालयमा सवारी साधानको ब्यवस्था हुनुपर्ने हो तर सवारी साधन उपलब्ध नहुँदा काम गर्न कठिन भएको इलाका प्रहरी कार्यालय बेथानका इन्चार्ज नकुल भुजेलले बताए । उनले भने– पहाडी भुगोल भएकाले कतै घटना भइहाल्यो भने समयमै पुग्न सकिदैँन । बेथान प्रहरी चौकीले माग्न त चारपाङ्ग्रे सवारीसाधन माग गरेको थियो । ढिलै भएपनि अहिले एउटा मोटर साइकल पाएका छौं । त्यसले गर्दा काममा केही सहज त भएको छ । तर पुरानो मोटरसाइकल भएकाले पटक–पटक बिग्रीएर हैरान खेप्नु परेको छ नत भनेको समयमा नत मर्मत सम्हार गर्ने ठाउँ छ । नत कार्यालयमा प्रयाप्त मात्रामा बजेटको व्यवस्था नै छ । जसोतसो काम चलाएका छौं इन्चार्ज भुजेलले जानकारी दिए ।


जिल्लामा हाल इलाका प्रहरी कार्यालय बेथानले व्यक्तिको घरमा भाडा लिएर कार्यालय संचालन गर्दै आएको छ भने इलाका प्रहरी कार्यालय चोप्राङ भने गाउँपालिकाले निमार्ण गरिदिएको अस्थायी टहराबाट कार्यालय संचालन गर्दै आएको छ । यसवाहेक जिल्ला ट्राफिक प्रहरी कार्यालय (क्वाटर), प्रहरी चौकी फुलासी, प्रहरी चौकी लुभुघाट, प्रहरी चौकी खिम्ती, प्रहरी चौकी गोकुलगंगा र प्रहरी चौकी वेताली हाल भाडाको घरमा वस्दै आएका छन् । भाडाका घरमा बस्दा प्रहरी आफै असुरक्षित हुने गरेको एक प्रहरीले आफ्नो नाम नछाप्ने शर्तमा बताए ।
उनले भने– अस्थायी टहरामा वस्दा कुनै बेला हतियार हराउने होकी भन्ने चिन्ता हुन्छ । अर्कोतीर विभिन्न घटनामा संलग्न भएका व्यक्तिलाई पक्राउ गरेर ल्याएपछि राख्ने ठाउँ छैन्, एकातिर खानेपानीको समस्या छ भने अर्कोतीर शौचालयको समेत राम्रो व्यवस्थापन छैन् । जिल्लामा भन्यो भने त्यही व्यवस्था मिलाउने भन्छन्, दुःखका साथ कार्यालय चलाउँदै आएका छौं ।
यी बाहेक प्रहरी चौकी भुजी, सेलेघाट, गौश्वारा र गाल्पाले अस्थायी रुपमा टहरा निमार्ण गरी टहरावाट कार्यालय संचालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक बशन्त पाठकले जानकारी दिए । उनले भने– प्रहरी चौकीको आफ्नै भवन नहुँदा समस्या छ भने सवै प्रहरी युनिटलाई सवारीसाधन पुर्याउन सकिएको छैन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...