पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै काँग्रेस सचिव खड्का द्वारा विज्ञप्ति जारी

२३ भाद्र २०८१, आईतवार

रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्ण बहादुर तामाङ ९कान्छाराम०को कार्यशैलीको विरोध गर्दै पार्टी सचिव दीपक खड्काले प्रेस विज्ञप्ति जारी गरेको छ । १११ औँ वि.पी जयन्तीको अवसरमा पार्टी सभापति कान्छारामले समितिमा छलफल समेत नगरी एकलौटी मनोमानी ढङ्गबाट कार्यक्रम आयोजना गरेको भन्दै त्यस कार्यक्रमको प्रतिकारमा उत्रने समेत चेतावनी दिएको छ । साथै नेता कार्यकर्तालाई उक्त विरोधका कार्यक्रममा सरिक हुन समेत सचिव खड्काले आग्रह गरेका छन् ।

नेपाली काँग्रेसका सचिव दीपक खड्का द्वारा जारी प्रेस विज्ञप्तिमा भनेको छ “नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको १४ औँ जिल्ला अधिवेशनबाट पार्टी सभापतिमा मा। पूर्णबहादुर तामाङ ९कान्छाराम० र अन्य पदाधिकारीहरू र सदस्यहरू समेत एउटै प्रक्रियाबाट निर्वाचित भई हाल पार्टीमा क्रियाशील हुँदै आएको सर्वविदितै छ । सम्पन्न अधिवेशन पश्चात् पार्टीको विधान अनुसार पाएको जिम्मेवारीलाई पूर्णरुपमा पालना गर्ने कुरामा जिल्ला कार्य समिति रामेछापको पार्टी सचिव म दीपक खड्का प्रतिबद्ध रहेको ब्यहोरा समेत यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदछु । 

यसै क्रममा सभापति मा। पूर्णबहादुर तामाङ ९कान्छाराम० ले विना सल्लाह एकलौटी ढङ्गबाट काम गर्ने र सचिवको अधिकार भित्रको कार्यमा हस्तक्षेप गरी अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको मर्यादामा समेत असर पर्ने कार्य गरी एकलौटी तवरबाट आफू सभापति हुने बित्तिकै पार्टीको सबै कार्य गर्ने आफैँ भएको महसुस गरी पार्टी विधान विपरीत ताना शाही प्रवृत्तिका साथ अघि बढेको हुँदा उक्त प्रवृत्तिको विरुद्धमा सम्पूर्ण काँग्रेस शुभचिन्तक हरूलाई एकजुट भई ताना शाही कार्यका विरुद्धमा लाग्न अनुरोध गर्दछु ।

पार्टी सभापति मा। पूर्णबहादुर तामाङ ९कान्छाराम० को उक्त कार्यका विषयमा तत्काल पार्टीको बैठक बसी समस्या समाधानको विषयमा गम्भीर छलफल पश्चात् पार्टीलाई एक ढिक्कारुपमा अघि बढाउने प्रतिबद्धता पार्टी सभापतिले सार्वजनिक नगरेसम्म पार्टी सभापतिको

उपस्थितिमा यही मिति २०८१ साल भाद्र २४ गते १११ औँ वि।पी। जयन्ती गर्ने कुरा पार्टी सभापतिद्वारा प्रेषित पत्रबाट जानकारी पाएको र उक्त विषयमा पार्टीमा छलफल समेत नभएको हुँदा सो कार्यक्रममा विद्रोहका नारा लगायत विभिन्न विरोधका कार्यक्रमहरू समेत सञ्चालन गरिने भएकोले तपाई काँग्रेस शुभचिन्तक हरूलाई उक्त विरोधको अभियानमा सरिक भई पार्टीलाई अराजक गतिविधि गर्ने व्यक्ति हरूबाट जोगाई पार्टीलाई विधान सम्मत अगाडि बढाएर पार्टी जोगाउने कार्यमा सहयोग गरिदिन हुन यसै प्रेस विज्ञप्ति मार्फत हार्दिक अपिल गर्दछु । ” पार्टी सभापति पूर्ण बहादुर तामाङ कान्छाराम हाल ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री समेत हुनुहुन्छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...