अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

२१ भाद्र २०८१, शुक्रबार

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अमरध्वज लामा नियुक्त भएका छन् । सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो । लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर स्वैच्छिक अवकाश लिएका थिए । साढे २ वर्ष अघि बरिष्ठ कार्यक्रम अधिकृतबाट अनिवार्य अवकाश लिएका थिए । लामा अहिले नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) का संघिय उपाध्यक्ष,मदन भण्डारी फाउण्डेसनको केन्द्रीय सदस्य, मदन भण्डारी कलेजको पत्रकारिता विषयका प्राध्यापक तथा रेडियो श्वेत शार्दूलको कार्यकारी प्रमुख रहेका छन् । उनले साढे २ वर्ष अघि रेडियो नेपालमा २५ वर्षे सेवा गरि वरिष्ठ कार्यक्रम अधिकृतबाट सेवा अवकास लिएका थिए । लामा संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको उत्पादक, (रेडियो नेपालको बोर्ड सदस्य भइसकेका छन् । उनले २३ वर्ष अघि २०५४ सालमा दिपायल प्रसारण केन्द्रबाट उद्घोषकको सेवा सुरु गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने खुर्कोट जोड्ने बेलिबृज जाडिएको छ । गत असोज १०,११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पक्की पुल सुनकोसी नदीले बगाएको थियो ।बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका...

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको थियो ।  प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक...