मधेशी दलहरुलाई मधेश जनजागरण अभियानले दियो चेतावनी

१९ भाद्र २०८१, बुधबार

काठमाडौं । मधेश जनजागरण अभियानले मधेशको मुद्दाप्रति मधेशी दलहरु असंवेदनशील र गैरजिम्मेवार भएको आरोप लगाएको छ । अभियानले मधेशी दलहरुलाई मधेशको मुद्दाप्रति गम्भीर हुन आग्रह गर्दै खबरदारी समेत गरेका छन् ।
अभियानले आइतबार काठमाडौं स्थित मधेश मिडिया हाउसमा ‘मधेशको मुद्दाप्रतिम धेशी दलहरुको उदासीनता किन ?’ विषयक पत्रकार सम्मेलन गरी मधेशी दलहरुलाई खबरदारी गरेको हो ।


अभियानले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘नेपाल सरकार र मधेशी पार्टीहरुबीच विगतमा भएका सम्झौताहरुको कार्यान्वयनमा देखिएको ढिलाइप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सम्झौता कार्यान्वयनको प्रक्रियामा देखिएको यस प्रकारको असंवेदनशीलता र गैरजिम्मेवारीले देशको संघीय लोकतान्त्रिक प्रणाली प्रतिम धेशी जनताको विश्वासमा गम्भीर असर परेको छ ।’
मधेशी समुदायका हक अधिकार सुनिश्चित गर्नका लागि सम्झौतामा उल्लेखित बुँदाहरुको समयमै कार्यान्वयन अत्यावश्यक रहेको भन्दै अभियानका नेताहरुले यी सम्झौताहरुलाई अझै पनि पूर्णरुपमा कार्यान्वयन गर्न नसक्नु मधेशी दलहरुको इच्छा शक्ति र प्रतिबद्धतामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको टिप्पणी गरेका छन् ।
पत्रकार सम्मेलनमा अभियानका संयोजक रंजीत कुमार झाले अभियानको तर्फबाट यस विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै मधेशी दलहरुलाई सम्झौताका सबै बुँदाहरुलाई तत्काल कार्यान्वयनमा ल्याउन जोडदार माग गरेका छन् । उनले सम्झौताका बुँदाहरुमा स्पष्टरुपमा उल्लेख भएका संघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशीकरण र मधेशी जनताका अधिकारहरुको पूर्ण सुनिश्चितताका लागि मधेशी दलहरुले तुरुन्तै आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।
उनले सबै दल र सरोकारवालाहरुलाई यस विषयमा गम्भीरतापूर्वक ध्यान दिन र जनताका पक्षमा रहेको सम्झौताका बुँदाहरुलाई तत्काल कार्यान्वयनमा ल्याउन आह्वान गरेका हुन् । मधेशीहरु मुद्दाबाट विचलित भई ठूला दलहरुको पुच्छर भएको आरोप लगाए । ‘मधेशी दलहरु ठूलाका पुच्छर भए, सीके राउतले स्वतन्त्र मधेशको कुरा गरेका थिए, कहाँ गए स्वतन्त्र मधेश ?’ उनले आक्रोश पोख्दै भने, ‘जसपा माओवादीको पुच्छर, लोसपा कांग्रेसको पुच्छर र जनमत पार्टी एमालेको पुच्छर भएका छन् ।’
मधेशी दलले मधेशी जनताका लागि नभई आफ्नो परिवार र विदेशीका लागि काम गर्दै आएको आरोप लगाए । उनले मधेशी दलहरुले २२ जिल्लाको मधेशलाई आठ जिल्लामा सीमित गरेको आरोप लगाउँदै भने, ‘मधेशी दलहरुले मधेशी जनतासँग माफी माग्नुस्, तफाइँहरु आफ्नो व्यवहारमा सुधार ल्याउनुस्, नभए यसको परिणाम भयावह हुनेछ ।’ केही दलाल मधेशी नेताहरुका कारण मधेशको स्वाभिमान खसेको भन्दै अब मधेशी दलहरुकै विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उनले जिकिर गरे ।
संयोजक झाले मधेशी दलका नेताहरुलाई नै मधेशवाद के हो भन्ने कुरा थाहा नभएको बताए । उनले मधेशी दलहरुका लागि मधेशवाद भनेको कांग्रेस, एमाले र माओवादी चाप्लुसी गर्ने मात्र रहेको आरोप लगाए । ‘मधेशी दलका नेताहरुलाई मधेशवादको पाठ पढाउन हामी तयार छौं । उहाँहरु सुध्रिनुहुन्छ भने सुध्रिनुस्, होइन भने आगामी परिणामका लागि तयार हुनुस्,’ उनले भने ।
यसैगरी, पत्रकार सम्मेलनमा अभियानका नेता डा.आदर्श नागवंशीले मधेशी जनता मधेशी दलबाट पनि पीडित रहेको बताएका छन् । उनले भने, ‘हामी गैरमधेशी दलहरुबाट त पीडित छँदैथियौं, मधेशी दलहरुबाट पनि पीडित हुँदै आएका छौं । हामीले मधेश जनजागरण अभियान (त्रिनेत्र)मार्फत सचेत गराउन चाहन्छौं ।’
कार्यक्रममा अभियानका नेताहरु प्रकाश कट्टारी, पंकज देव, भरत सहनी लगायतका वक्ताहरुले मधेशी दलहरुलाई सुध्रिन आग्रह गरेका छन् । ती वक्ताहरुले आगामी दिनमा मधेशी दलहरु सुध्रिएन भने ती दलहरुकै विरुद्ध मधेशमा भण्डाफोर गर्ने र आन्दोलनसमेत गर्ने चेतावनी दिएका छन् । मधेश जनजागरण अभियानले विगतमा मधेशी दलहरुले सरकारसँग गरेका सम्झौताहरुबारे स्मरणपत्र बुझाएका थिए । त्यसबारे मधेशी दलहरु कुनै किसिमको गम्भीरता नदेखाएको भन्दै पत्रकार सम्मेलन गर्न बाध्य भएको बताएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...