पूर्व उपराष्ट्रपति पुनको घरमा नेकपा बहुमतको कालो ब्यानर

रामेछाप । पुर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङको निवासमा कालो ब्यानर टाँगेको छ । भ्रष्टाचारविरोधी अभियानको सुरुवात गर्दै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को निवासमा कालो ब्यानर टाँगेको धर्मेन्द्र बाँस्तोला नेतृत्वको पार्टी नेकपा बहुमतले जनाएको छ ।


भदौ ११ मा अभियानको सुरुवात गर्दै पुनको घरमा ब्यानर टाँसेको बहुमतका केन्द्रीय सदस्य तथा बागमती प्रदेश ब्युरोका इन्चार्ज लालबहादुर बीसीले जानकारी दिए । बीसीले भने, ‘हाम्रो पार्टीका राजनीतिक कार्यक्रम अन्तर्गत भ्रष्टाचार विरुद्धको जनएकता अभियान सुरु भएको छ । ज–जसले भ्रष्टाचार गरेका छन्, तिनको घरमा कालो ब्यानर टाँगेर पर्दाफास गर्छौं ।’पुनको दहचोकस्थित स्वीट्जरल्यान्ड डाँडामा रहेको निवासमा ब्यानर राखेर विरोध जनाउन सुरु गरिएको बीसीले बताएका छन् । कालो ब्यानरमा लेखिएको छ, ‘जनयुद्धका फौजी कमान्डर र देशका उपराष्ट्रपति बनेका व्यक्तिको सुविधा सम्पन्न बंगला निर्माण गर्ने स्रोत के हो ?’


ब्यानरमा ’२०४६ यता देशका राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न दबाबका लागि जनसंघर्ष’ लेखिएको छ । पार्टीले ‘भ्रष्टाचारविरुद्ध जनएकता अभियान’ सञ्चालन गर्ने निर्णय गरेकाले सोही नीतिबमोजिम पुनको घरमा ब्यानर राखिएको र अन्य भ्रष्टहरूको घरमा पनि ब्यानर टाँस्ने अभियान जारी रहेको बीसीले बताए । बीसीले भने, ‘यहाँ कुन पार्टीको कुन व्यक्ति भन्ने छैन । भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएकाहरूलाई पहिला एक्सपोज गर्नेछौँ । त्यसपछि कारबाही सुरु गर्नेछौँ ।’

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...