३९ जनाको रामेछाप अस्पतालमा निःशुल्क शल्यक्रिया

१६ भाद्र २०८१, आईतवार

रामेछाप । रामेछाप अस्पतालमा भदौ १३,१४ र १५ गते भएको शिविरमा ३९ जनाले निःशुल्क शल्यक्रिया गराएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौं सँगको सहकार्यमा रामेछाप अस्पतालमा सञ्चालित निःशुल्क शल्यक्रियामा ३९ जनाले निःशुल्क शल्यक्रिया गराएको नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका सिनियर अफिस असिस्टेन्ट घनश्याम न्यौपानेले जानकारी दिनु भयो ।

 नेपाल अर्थोपेडिक अस्पतालका वरिष्ठ हाड जोर्नी विशेषज्ञहरूबाट सेवा प्रदान गरिएको उक्त शिविरमा ३ सय २१ जनाले ओपिडी सेवा समेत लिएको जानकारी दिए । निःशुल्क सञ्चालन भएको शिविरमा भदौ १३ गते ओपिडी सेवा १२१ शल्यक्रिया १५, भदौ १४ गते ओपिडी सेवा ११९ शल्यक्रिया १४ र भदौ १५ गते ओपिडी सेवा ५१ शल्यक्रियामा १० जनाले सेवा लिएको न्यौपानेले जानकारी गराउनु भएको छ ।

रामेछाप अस्पतालमा पहिलो पटक शल्यक्रिया सहितको यति ठुलो शिविर सञ्चालन भएको अस्पतालका अध्यक्ष यम पाख्रिनले जानकारी दिनु भयो । लामो समय देखी विभिन्न समस्यामा रहेका बिरामीहरूको निःशुल्क शल्यक्रिया भएकोले यो शिविर उपलब्धिमूलक रहेको पाख्रिनले जानकारी दिए । विभिन्न व्यक्तिहरूले रामेछाप अस्पतालमा विवाद रहेको भन्ने हल्ला फिँजाएर राजनीतिक गरी शिविरलाई बिथल्न खोजे पनि सबै जना एक ढिक्का भएर शिविर सफलता पूर्वक सम्पन्न गर्न सफल भएको उनले बताए । नेपाल अर्थोपेडिक अस्पतालका वरिष्ठ अर्थोपेडिक डाक्टर युवराज खरेल नेतृत्वको १६ जना डाक्टरको टिमले शिविरमा सेवा प्रदान गरिएको जानकारी दिए । 

रामेछाप अस्पतालले महिनामा १ पटक पेट तथा कलेजो रोग विशेषज्ञ सेवा, मानसिक तथा नशा रोग विशेषज्ञ सेवा ,नाक, कान, घाँटी, हाड जोर्नी विशेषज्ञ सेवा र मुटु रोग विशेषज्ञ लगायत सेवाहरू थप हुने क्रममा रहेको समेत जानकारी दिएका छन् । खुट्टाको पैताला फर्किएको,जन्मजात हात खुट्टा बाङ्गिएका,हात वा खुट्टाका विकृति जन्य समस्याहरू,हात वा खुट्टा भाँचिएको,हात वा खुट्टा बाङ्गिएर जोडिएको,भाँचिएको पाता वा खुट्टा भाँचिएको वा किला राखिएको,हातमा आगोले पोलेको,हाट खुट्टामा भएको गाँठा गुँठीहरु निकाल्ने लगायतको सेवाहरू प्रदान गरिएको हो ।

नेपाल अर्थोपेडिक अस्पतालले शल्यक्रिया तथा बिरामीको परीक्षणको लागी सबै उपकरणहरू अस्पतालमै ल्याएर परीक्षण गरिएको थियो । शिविरमा रामेछाप,दोलखा,सिन्धुली लगायत विभिन्न जिल्लाका बिरामीहरूले सेवा लिएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...