गोकुलगंगा गाउँपालिकाले मृतकका परिवारलाई ६५ हजार सहयोग गर्ने

१३ श्रावण २०८१, आईतवार

रामेछाप । गोकुलगंगा गाउँपालिकाले पहिरोमा परि मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार साँझ गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुमा पहिरोमा परि एकै परिवारको तीन जना किशोरीको ज्यान गएको थियो । उक्त पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बिहीबार राति पहिरोमा परी मृत्यु भएका गोकुलगंगा–६ फर्पुका तीन किशोरीका परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिका प्रवक्ता एव वडा नम्बर ६ का अध्यक्ष चन्द्रबहादुर सुनुवारले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)को अध्यक्षतामा शनिवार बसेको गाउँ कार्यपालिको बैठकले उक्त निर्णय गरेको हो । मृतकका परिवारलाई प्रति परिवार ५० हजार राहत र १५ हजार काज किरिया खर्च सहित ६५ हजार नगद सहयोग प्रदान गरिने निर्णय भएको प्रवक्ता सुनुवारले बताउनुभयो । गोकुलगंगा गाउँपालिका–६ फर्पुमा अविरल वर्षासँगै बिहीबार राती विमान तामाङको घर माथिबाट झरेको पहिरोमा पुरिएर विमानकी १८ वर्षीया छोरी सिता तामाङ, पेमा तामाङकी १५ वर्षीया छोरी आशिका दोङ र विमानको जेठा छोरा पदम तामाङकी छोरी लक्ष्मी तामाङको मृत्यु भएको थियो । बाढी पहिरोका कारण पालिकाभर भएको क्षति र सम्भावित क्षतिको बारेमा वडा र विपद् व्यवस्थापन समितिले स्थानीय प्रहरीसँगको सहयोगमा प्राविधिक विवरण तयार गरी त्यसको व्यवस्थापनमा लाग्ने गोकुलगंगा गाउँपालिकाले जनाएको छ ।

पहिरो पीडित परिवारलाई विभिन्न सङ्घ÷ संस्थाहरूले समेत सहयोग गर्ने क्रम जारी छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट २ लाख ५० हजार,नेपाली काँग्रेस रामेछापका सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रति मृतक १०–१० हजारका दरले नगद रकम सहयोग गनुभयो । जिल्ला रेडक्रस सोसाइटीबाट लत्ता कपडा,भाँडा वर्तन सहयोग गरिएको छ । त्यस्तै राष्ट्रिय युवा सङ्घ नेपाल रामेछापले पनि खाद्यान्न सहयोग गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...