गोकुलगंगा गाउँपालिकाले मृतकका परिवारलाई ६५ हजार सहयोग गर्ने

१३ श्रावण २०८१, आईतवार

रामेछाप । गोकुलगंगा गाउँपालिकाले पहिरोमा परि मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार साँझ गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुमा पहिरोमा परि एकै परिवारको तीन जना किशोरीको ज्यान गएको थियो । उक्त पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बिहीबार राति पहिरोमा परी मृत्यु भएका गोकुलगंगा–६ फर्पुका तीन किशोरीका परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिका प्रवक्ता एव वडा नम्बर ६ का अध्यक्ष चन्द्रबहादुर सुनुवारले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)को अध्यक्षतामा शनिवार बसेको गाउँ कार्यपालिको बैठकले उक्त निर्णय गरेको हो । मृतकका परिवारलाई प्रति परिवार ५० हजार राहत र १५ हजार काज किरिया खर्च सहित ६५ हजार नगद सहयोग प्रदान गरिने निर्णय भएको प्रवक्ता सुनुवारले बताउनुभयो । गोकुलगंगा गाउँपालिका–६ फर्पुमा अविरल वर्षासँगै बिहीबार राती विमान तामाङको घर माथिबाट झरेको पहिरोमा पुरिएर विमानकी १८ वर्षीया छोरी सिता तामाङ, पेमा तामाङकी १५ वर्षीया छोरी आशिका दोङ र विमानको जेठा छोरा पदम तामाङकी छोरी लक्ष्मी तामाङको मृत्यु भएको थियो । बाढी पहिरोका कारण पालिकाभर भएको क्षति र सम्भावित क्षतिको बारेमा वडा र विपद् व्यवस्थापन समितिले स्थानीय प्रहरीसँगको सहयोगमा प्राविधिक विवरण तयार गरी त्यसको व्यवस्थापनमा लाग्ने गोकुलगंगा गाउँपालिकाले जनाएको छ ।

पहिरो पीडित परिवारलाई विभिन्न सङ्घ÷ संस्थाहरूले समेत सहयोग गर्ने क्रम जारी छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट २ लाख ५० हजार,नेपाली काँग्रेस रामेछापका सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रति मृतक १०–१० हजारका दरले नगद रकम सहयोग गनुभयो । जिल्ला रेडक्रस सोसाइटीबाट लत्ता कपडा,भाँडा वर्तन सहयोग गरिएको छ । त्यस्तै राष्ट्रिय युवा सङ्घ नेपाल रामेछापले पनि खाद्यान्न सहयोग गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...