रामेछापका पालिका प्रमुख र उप–प्रमुख केही गुटमा–केही गुपचुपमा

Written by meropradesh creator

२४ पुष २०७७, शुक्रबार

रामेछाप । संसद विघटन सँगै नेकपाको केन्द्रीय तह देखी जिल्ला तहसम्म पार्टी विभाजनको अन्तिम मोडमा पुगेसँगैै रामेछापका स्थानिय तहका प्रमुख र उप–प्रमुखहरु केही गुटमा खुलेर देखा परेका छन् भने केही कुन गुटमा लाग्ने भन्दै गुपचुपमा बसेका छन् ।
जिल्लाको ८ वटा स्थानिय तहहरु मध्ये ७ वटा स्थानिय तहमा नेकपाको वर्चश्व रहेको रामेछापमा अहिले नेकपाको विभाजन सँगै ती स्थानिय तहका जनप्रतिनिधिहरु पनि विभाजनको मोडमा पुगेका हुन् । जिल्लामा अहिले केही नेकपाको केपी ओलीको खेमातिर खुलेका छन् भने केही प्रचण्ड–माधव पक्षतर्फ खुलेर लागि परेका छन् ।
पार्टीको आन्तरिक कलहका कारण नेकपा भित्र केपी ओली समुह र प्रचण्ड–माधव समुहको दुई धारका कारण रामेछापमा पनि त्यसको असर परेको छ । पार्टीको आन्तरिक कलहले गर्दा स्थानिय तहको काम समेत केही प्रभावित हुनसक्ने नागरिक समाजका अगुवा रामचन्द्र शर्माले जानकारी दिए । पार्टी विभाजन सँगै अहिले नेकपा रामेछापमा पनि दुई धारमा विभाजन भएको छ । जसमा सुनापति गाउँपालिकाका प्रमुख धावा लामा र उपाध्यक्ष गिता विष्ट प्रचण्ड–माधव पक्षमा लागेका छन् । त्यस्तै खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमवहादुर तामाङ्ग केपी ओली पक्षमा लागेका छन् भने उपाध्यक्ष मखमली श्रेष्ठ प्रचण्ड–माधव खेमा लागेकी छिन् ।
त्यसैगरी दोरम्वा गाउँपालिकाका प्रमुख कमानसिंह तामाङ्ग र उपाध्यक्ष कृशला घिसिङ्ग प्रचण्ड–माधव पक्षमा लागेका छन् । त्यस्तै गोकुलगंगा गाउँपालिकाका उपाध्यक्ष राधिका श्रेष्ठ केपी ओली पक्षमा लागेकी छिन् । यसैगरी मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत प्रचण्ड–माधव समुहमा खुलेका छन् भने उप–प्रमुख माया कार्की केपी ओली पक्षमा लागेकी छिन् ।
रामेछापका स्थानिय तहका प्रमुख मध्ये उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरवहादुर सुनुवार, गोकुलगंगा गाउँपालिकाका प्रमुख खड्गबहादुर सुनुवार, लिखुतमाकोशी गाउँपालिकाका प्रमुख गोबिन्द बहादुर खड्का र उपाध्यक्ष दीपशिखा दाहाल भने अहिलेसम्म कुनै पक्षमा पनि खुलेका छैनन् । पार्टीका दुवै समुहले जिल्लामा छुट्टाछुट्टै भेलाको आयोजना गर्दा समेत उनीहरुको उपस्थित देखिएन । जिल्लामा भएका दुवै पार्टी खेमाको कार्यक्रममा आफुहरु उपस्थित नभएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरवहादुर सुनुवारले जानकारी दिए । उनले भने– म नेकपाको एकदम बफादार सिपाही हुँ । पार्टीभित्र केन्द्र तहदेखी जिल्ला तहसम्म देखिएको बिवाद जुँगाको लडाई हो, यसमा म सहमत छैन् । यतिखेर म स्थानिय तहको निर्वाचित जनप्रतिनिधि हुँ । मैले स्थानिय तहको निर्वाचनको समयमा जनतालाई दिएको आश्वासन पुरा गर्नुपर्ने छ । अर्कोतिर स्थानिय तहको पदावधि पनि सकिन लागेको छ । पदावधि सकिएपछि मात्रै कता लाग्ने भन्ने बिषयमा टुङ्गो लगाउने अध्यक्ष सुनुवारले वताए ।
पार्टीको विभाजन सँगै कुन पक्षमा लाग्ने बिषयमा अहिले आफु तत्काल केही नबोल्ने गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले जानकारी दिए । उनले भने– अहिले म कतै पनि खुलेको छैन् । अहिले मेरो समय भनेको पर्ख र हेरको अवस्था हो, मैले अहिले यती मात्रै भने । स्थानिय तहका जनप्रतिनिधिसँगै रामेछापमा संघीय र प्रदेश सांसद लाई पनी पार्टी विभाजनले छुट्टयाएको छ । संघीय सांसद श्यामकुमार श्रेष्ठ र प्रदेश सांसद शान्तिप्रसाद पौडेल प्रचण्ड–माधव पक्षमा देखिएका छन् भने अर्का प्रदेश सांसद कैलाश प्रसाद ढुगेल केपी ओली पक्षमा लागेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...