नेपालको इतिहासमा लीलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव

११ श्रावण २०८१, शुक्रबार

काठमाण्डौं । नेपालको इतिहासमा पहिलो मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कामु मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिए । तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सबैभन्दा वरिष्ठ सचिव रहेकी गड्तौलालाई कामु मुख्यसचिव बनाइएको हो । नेपालको निजामती प्रशासनमा २६ जना मुख्यसचिव बनिसके, तर एक जना पनि महिलाले यो अवसर पाएका थिएनन् । २६ पुस २०५२ मा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेकी गड्तौला ३ कात्तिक २०६३ मा उपसचिव बनेकी थिइन् ।

उनले न्याय सेवामा कानुन अधिकृतमा एक नम्बरमै नाम निकालेकी थिइन् । उपसचिवमा प्रतिस्पर्धा गर्न पाइनन्, फाइल बढुवाबाट उपसचिव बनिन् । सहसचिवको प्रतिस्पर्धामा भने उनले एक पटक फेल भए पनि दोस्रो पटक नाम निकाल्न सफल भइन् । ‘त्यति बेला फेल भए पनि आज त्यसै कारण उपहार पाएँ’, मुख्यसचिव गड्तौलाले बिहीबार एक सार्वजनिक कार्यक्रममा भनिन् । ९ माघ २०७० मा सहसचिवमा बढुवा भएकी गड्तौला २७ कात्तिक २०७७ मा सचिवमा बढुवा भएकी थिइन् । गड्तौला कर्मचारी प्रशासनको सबैभन्दा उच्चतह मुख्यसचिवमा पुग्ने पहिलो महिला बनेकी छन् । उनी आगामी भदौमा सेवा निवृत्त हुनेछिन् । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी छँदै अध्यक्ष बस्यालले विशेष कारण देखाउँदै र सिइओ चापागाईंले पनि सँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका सविन तामाङ, विमल तामाङ र सुजन तामाङसहित नुवाकोट विदुरका सतिस अमात्य र सोलुखुम्बुकी रितिका माझी रहेका छन्। गत...

बँदेलको आक्रमणबाट लालबन्दीमा एकको मृत्यु

बँदेलको आक्रमणबाट लालबन्दीमा एकको मृत्यु

सर्लाहीको लालबन्दीमा जङ्गली बँदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) को बँदेलको आक्रमणबाट ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार खेतमा...