निर्माण व्यवसायीको चरम लापरबाही ः मन्थलीमा भर्खर सम्पन्न कालोपत्रे उप्कियो

२९ असार २०८१, शुक्रबार

रामेछाप । निर्माण व्यवसायीको लापरबाहीका कारण कालोपत्रे सम्पन्न भएको एक महिना नपुग्दै जिल्ला सदरमुकाम मन्थलीको विभिन्न स्थानमा गरिएको कालोपत्रे उप्कन थालेका छन् । वर्षाको समयमा हतार हतारमा काम सम्पन्न गर्ने गरी काम गर्दा भर्खरै गरेको कालोपत्रे उप्कन थालेको हो ।


केही दिन अघि देवकोटा चोकमा उप्कन थालेपछि तत्काल टालटुल गरे पनि फेरी उप्कन थालेको छ । जिल्ला सदरमुकाममा गरेको कालोपत्रेमा त यो प्रकारको लापरबाही छ भने अन्य स्थानमा के कति निर्माण व्यवसायीको लापरबाही छ भन्न सक्ने अवस्था छैन । गोलोञ्जोर कन्स्ट्रक्सन सिन्धुलीले मन्थली बजार क्षेत्रमा ६४ लाख रुपैयाँमा मर्मतको काम सम्पन्न गरेको भए पनि हाल मन्थलीको देवकोटा चोक र विनीता चोक नजिक सबै सडकहरू उप्कन थालेका छन् । यस विषयमा गोलोञ्जोर कन्स्ट्रक्सन सिन्धुलीका सञ्चालक सुवास देवकोटा सँग सम्पर्क गर्न खोज्दा फोन उठेन । डिभिजन सडक कार्यालयका इन्जिनियर प्रदीप तामाङले बेसमा कम जारी भएको कारण त्यस्तो समस्या आएको बताएका छन् । डिभिजन सडक कार्यालयका इन्जिनियर तामाङले मौसम सफा भए सँगै पुनः मर्मत गर्न निर्माण कम्पनीलाई लगाउने बताएका छन् । तामाङले भने “उहाँहरूको भुक्तानी भएको छैन । हामी अन्तिम भुक्तानी गर्ने बेला जहाँ जहाँ समस्या देखिएको छ । सुधार नगरे सम्म भुक्तानी गर्दैनौँ ।” एक वर्ष सम्म निर्माण कार्यमा समस्या आए निर्माण कम्पनीले व्यर्होन पर्ने हुन्छ । अहिले देखिएको समस्या छिटै सुधार हुने उहाँले बताउनु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...