घरेलु मदिरा ‘ब्रान्डिङ’ मस्यौदा विद्येयक स्वीकृत

२५ असार २०८१, सोमबार

रामेछाप । रामेछाप नगरपालिकाले घरेलु मदिरा ‘ब्रान्डिङ’ मस्यौदा विद्येयक स्वीकृत गरेको छ । नगरपालिकाले लामो समयको प्रयास पछी आफ्नो नगरमा उत्पदित घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने भएको छ ।


उक्त विद्येयक स्वीकृत भए संगै वैठकले नगरपालिकाको स्थानीय मदिरा उत्पादन,ब्रान्डिङ तथा बिक्री वितरण व्यस्थापन सम्बन्धि विद्येयक २०८१ को मस्यौदा विद्येयक समेत स्वीकृत भएको हो । नगरपालिकाको १५ औँ नगरसभा बाट उक्त विद्येयक स्वीकृत भएको रामेछाप नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष समिर कार्की । नगर सभाबाट विद्येयक स्वीकृत भए लगत्तै अब ऐन बनेर कार्यविधि बन्ने र कार्यविधि बनेपछि घरेलु मदिरा ब्रान्डिङ तथा बिक्री वितरणको काम सुरु हुने पनि नगरपालीकाले जनाएको छ ।


आफनो वडामा उत्पादन हुने खुरपाने,आरु स्याउ,नासपति लगाउत विभिन्न चिजको उत्पादित बस्तुवाट घरेलु मदिरा ब्रान्डिङको लागी यस अघिनै माग हुँदै आएको आधारमा वडा नं ७ सुकाजोरले भने त्यसका लागि बजेट नै विनियोजन गरेको थियो । प्रस्तावित बजेटबाट नगरपालिकाले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्न सम्भाव्यता अध्यन समेत गरेको रामेछाप नगरका प्रवक्ता समेत रहेका वडा अध्यक्ष समिर कार्किले जानकारी दिए ।
विधयक स्वीकृत संगै नगरपालिकाले नगर भित्र उत्पादीत बस्तुहरुवाट अब घरेलु मदिरा उत्पादन,ब्रान्डिङ तथा बिक्री वितरणबाट राम्रो आम्दानी हुनुका साथै राजस्वमा पनि थप बृद्धिहुने पनि प्रवक्ताले बताए । विधेयक पारित भए संगै यसबाट सर्व साधारणको आयआर्जन र जीविकोपार्जनमा समेत महत्वुपूण भूमिका खेल्ने पनि कार्कीले बताए । उनले कार्यविधि बन्ने क्रममा रहेको भन्दै आगामी आर्थिक वर्षबाट काम नै सुरु हुने जानकारी पनि गराए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...