रामेछाप । कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक एक लाख नगद घुस रकम सहित प्रक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्तले सेवाग्राहीलाई काम गरे वापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुस लिएको प्रमाण सहित उनी प्रक्राउ परेका हुन् ।
घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले अधिकृत दत्तलाई सेवाग्राहीबाट रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस लिइसकेको अवस्थामा प्रक्राउ गरेको हो । उक्त रकम र श्रोत नखुलेको रु.५०,०००।– (पचास हजार रुपैयाँ) सहित कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेको कारागार प्रशासकको निवासबाट आज आइतबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...