बागमती प्रदेशको मुख्यमन्त्री काँग्रेस बाट लामा बन्दै

काठमाण्डौं । बागमती प्रदेशको मुख्य मन्त्री बहादुर सिंह लामा बन्ने भएका छन् । नेपाली काँग्रेस बागमती प्रदेश संसदियदलका नेता बागमती प्रदेशको मुख्य मन्त्री बन्ने लगभग टुगो लागेको छ । नेपाली काँग्रेस र नेकपा एमाले बिच भएको सहमति कार्यान्वयन भए बागमतीमा काँग्रेसबाट सरकारको नेतृत्व गर्ने बहादुर सिंह लामा पहिलो व्यक्ति हुनेछन् ।

सङ्घीयतापछि निर्माण भएका प्रदेश सभामा सरकारमा मधेस र बागमतीमा काँग्रेसले सरकारको नेतृत्व गर्न हालसम्म पाएको थिएन । बागमतीमा पहिलो दल बने पनि यस पटक पनि काँग्रेसले सरकार बनाउने अवसर प्राप्त गरेन । गठबन्धनको आडमा यी दुई बाहेकका प्रदेशमा काँग्रेसले सरकारको नेतृत्व गरिसकेको छ । केन्द्रीय राजधानी रहेको बागमती प्रदेशमा काँग्रेसले सरकारको नेतृत्व गर्न पाउने अवसर सात वर्षपछि अब भने जुरेको छ । यसबिचमा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र माओवादी केन्द्रबाट सालिकराम जमरकट्टेल मुख्यमन्त्री बने । अघिल्लो संसदमा तेस्रो शक्ति रहेको काँग्रेस हाल पहिलो दल बन्दा समेत सरकारको नेतृत्व गर्न पाएन ।

काँग्रेस सत्तामा पुग्न नसक्नुमा केन्द्रमा सत्ता केन्द्रित गठबन्धन परिवर्तन हुनु प्रमुख कारण बनेको छ । साथै, केन्द्रमा हुने भागबन्डामा काँग्रेसका हिस्सामा बागमती प्रदेश सरकारको नेतृत्व नपाउनु पनि कारण बनेको छ । १७ असारमा काँग्रेस र एमालेबिच भएको सहमतिअनुसार दुई ठुला दलले ३÷३ प्रदेशको सरकारको नेतृत्व गर्ने भएका छन् । काँग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । पहिलो दल बनेको प्रदेशमा काँग्रेसले सरकार बनाउने गरी सहमति बनेको छ । दुई ठुला दलको सत्ता सहकार्यले मात्रै बागमतीमा काँग्रेस सरकारको नेतृत्व गर्ने अवस्था बनेको छ ।

काँग्रेस ठुलो दल हुनुको साथै माओवादीले बागमती छोड्नै पर्ने अवस्थामा काँग्रेसको भागमा पर्नु स्वाभाविक भएको नेता एनपी साउद बताउँछन् । एमाले पहिलो दल भएको मधेस जनमतलाई दिएर काँग्रेस पहिलो बनेको कर्णाली एमालेले आफ्नो भागमा राखेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...