विद्यालयलाई पूर्व विद्यार्थीहरुद्धारा सामग्री सहयोग

३ असार २०८१, आईतवार

रामेछाप । पूर्व विद्यार्थीहरुले प्रयागेश्वर माध्यमिक बिद्यालयका प्रधानाध्यपकको कार्यकक्षलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका छन् ।
विद्यालयबाट ०५१ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुले प्रअ हरिनारायण श्रेष्ठको कार्यकक्षका लागि आवश्यक सोफा, दराज, कार्पेट, कुर्चि, टेवुल लगायतका सामग्रीहरु हस्तान्तरण गरेको सचिव रामकुमार कार्कीले बताउनु भयो । बिद्यालय छाडेको लामो समयपछि ०५१ सालको व्याजीहरुले विद्यालयका सवै शिक्षकहरुलाई सम्मान पत्र तथा दोसल्ला ओडाएर सम्मान समेत गरेको कार्कीले जानकारी दिनु भयो ।


आफुहरुले भौतिक पूर्वाधारको अभावमा दुःख संग पढ्नु परेको अनुभव संगालेका पूर्व बिद्याथीहरुले शिक्षकहरुको मनोवल उच्च भए मात्र पठन पाठन राम्रो हुने भएकाले आफुहरुले भोगेको जस्तो दुःख अबको पुस्ताले भोग्नु नपरोस भनेर विद्यालयलाई करिव २ लाख बराबरको सामग्री सहयोग गरेको पूर्व विद्यार्थीहरुले जनाएका छन् । बिद्यालयमा सम्मानित भएपछि शिक्षकहरुमा पनि खुशियाली छाएको थियो ।
पूर्व बिद्यार्थी सरस्वति के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै बिद्यालयका पूर्व प्रअ सिताराम भण्डारीले ०५१ को व्याजीले राम्रो कामको शुरुवात गरेकालले अन्य पूर्व व्याजीहरुले पनि यस्ता काम गरेर नमुना प्रर्दशन गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बिद्यालयका प्रअ हरिनारायण श्रेष्ठ, पूर्व विद्यार्थीहरु राधाकृष्ण खड्का, टंकप्रसाद ढुंगेल, पुष्कर कार्की, राजकुमार घिसिङ्ग, ओमप्रकाश श्रेष्ठ, खिलानाथ ढुंगेल, राजेश कार्की लगायतका बक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...