रामेछापका कांग्रेस नेता मगरलाई कुटपीट गरी फरार रहेका तामाङ्ग प्रक्राउ

३१ जेष्ठ २०८१, बिहीबार

काठमाडौँ । रामेछापका नेपाली काँग्रेसका नेता तथा बागमती प्रदेश सदस्य जित बहादुर महरमाथी हुलदंगा गरी कुटपीट गर्दै ज्यान मार्ने उद्योग गरेर लुकीछिपी हिँडेका वीरबहादुर तामाङलाई स्थानीय बासिन्दाले समातेर प्रहरीमा बुझाएका छन् । स्थानिय युबाहरुले काठमाडौँको पेप्सीकोलाबाट तामाङलाई समातेर प्रहरीमा बुझाइदिएका छन् । तामाङ्गलाई महानगरीय प्रहरी परिसरको हिरासतमा राखी रामेछाप प्रहरीलाई बुझाएको छ ।


तामाङ्ग विरुद्ध रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नं २ बस्ने ४६ वर्षका जीतबहादुर मगरले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । मगरले वीरबहादुर तामाङसँगै गगनसिंह घिसिङ भन्ने विष्णु घिसिङ,पासाङ घिसिङ र गहन सिंह तामाङविरुद्ध पनि जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता गराएका थिए ।
मगरले आफू नेपाली कांग्रेस पार्टीमा २०७४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट रामेछाप जिल्ला क्षेत्र नं.१ प्रदेश सभा (ख) मा उम्मेद्वार भएको र कांग्रेसको १४ औँ महाधिवेशनबाट बाग्मती प्रदेश कार्य समिति हेटौँडाबाट सदस्य पदमा निर्वाचित भई सोही भूमिकामा रही कार्य सम्पादन गरिरहेको अवस्थामा उनीहरुले हातपात र कुटपीट गरी हत्या गर्ने योजना बनाएको उजुरी दर्ता गराएका हुन् ।


‘मिति २०८१ साल जेठ महिना ५ गते शनिबार नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ रामेछापको जिल्ला अधिवेशनको लागि मलाई अतिथिको रुपमा आमन्त्रण गरिएकोमा आसन ग्रहन गराउने क्रममा प्रमुख अतिथ पछि चौथो नं. मा मलाई असिन ग्रहण गराउनु पर्छ भनी कसूरदार मध्ये वीरबहादुर तामाङले बखेडा झिकी होहल्ला गरी कार्यक्रम सञ्चालन हुन नदिएको’, जाहेरीमा उल्लेख गरेका छन् ।
प्रमुख अतिथि नेपाली कांग्रेस रामेछापका सभापति तथा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) र विशेष अतिथि पूर्व–सभापति रामचन्द्र खड्का लगायतको उपस्थितिमा आफूसमेत अतिथिको रोहमा बसिरहेको अवस्थामा आक्रमण गरेको उल्लेख छ ।
तामाङले ज्यान लिने नियतले ढुंगामुढा, फलामको रडसमेत प्रयोग गरी आफु माथी पटक–पटक प्रहार गरेपछी आफू अचेत भएको समेत मगरले बताएका छन् ।


आफूलाई उद्धार गरी प्रहरी कार्यालयबाट खटिएका प्रहरीले फिस्टेल एयरको हेलिकप्टर मगाई उपचारको लागि टाउकोमा गम्भीर चोट लागि अर्धचेत अवस्थामा काठमाडौँसम्म पठाइ नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गर्दा दाँत भाँची टुक्रा–टुका भएको, बाँकी रहेका हल्लिएका खाने, चपाउने कामसमेत गर्न नसक्ने अवस्थामा रहेको आँखामा गम्भीर चोट लागी हेर्न समस्या रहेको र शरीरका संवेदनशील अंगहरुमा घाउचोट लागेको अवस्थाका साथै टाउकोमासमेत गम्भीर चोट लागेको अवस्था भएकाले जीतबहादुरले आरोपीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...