सांस्कृतिक सङ्ग्रहालय मन्थलीमा बन्दै

२३ जेष्ठ २०८१, बुधबार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा सांस्कृतिक सङ्ग्रहालय बन्ने भएको छ । संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र काठमाडौँले सोमबार मन्थलीमा पत्रकार सम्मेलन गर्दै जिल्ला सदरमुकाम मन्थलीमा सांस्कृतिक सङ्ग्रहालय बनाउने तयारीमा आफूहरू जुटेको बताएको छ । केन्द्रले पत्रकार सम्मेलन गर्दै सङ्घ, प्रदेश र स्थानीय सरकार सहित विभिन्न सङ्घ संस्थाहरूको सहयोग तथा आवश्यक समन्वयमा सङ्ग्रहालय निर्माण हुने जानकारी दिएको छ ।

मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्ययतामा भएको पत्रकार सम्मेलनमा संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र काठमाडौँकी अध्यक्ष सीता सुनुवारले नेपाली कला, मौलिकता, परम्परा र पहिचान गरी लोप उन्मुख सकारात्मक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मन्थली नगरपालिका–२ आकासे स्थित सेफ हाउस मुनि सात रोपनी जमिनमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न लागेको जानकारी दिए । सांस्कृतिक सङ्ग्रहालय निर्माण भएपछि रामेछापमा पर्यटन विकास हुनुका साथै सांस्कृतिक अध्ययन स्थलको निर्माण हुने र सामाजिक चेतना र स्वास्थ्य स्तरमा सकारात्मक सुधार ल्याउन सहयोग पुग्ने अध्यक्ष सुनुवारले बताएका छन् ।

 मन्थली नगरपालिकाको २०८० पौष १० गते बसेको २० औँ नगर कार्यपालिकाको बैठकले सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि आपतकालिन सेवा केन्द्र (सेफ हाउस )को पश्चिम तर्फको जग्गा सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेकाले विभिन्न सङ्घ संस्था र दातृ निकायहरू लगायतका सङ्घसंस्थाको सहयोग तथा स्थानीय तह प्रदेश र सङ्घीय सरकारका साथै अन्य विभिन्न संस्थाहरूको सहयोग तथा सक्रियतामा सांस्कृतिक सङ्ग्रहालय भवन बनाउन लागिएको अध्यक्ष सुनुवारले जानकारी दिए ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रले एक वर्षदेखि सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि जग्गा उपलब्ध गराउन आग्रह गरेकाले नगरपालिकाले जग्गाका लागि सम्बन्धित निकायमा सिफारिस गरेको बताए । नेपाली कला, मौलिकता, परम्परा र पहिचान गरी लोप उन्मुख सकारात्मक संस्कृतिको संरक्षण गर्न सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्नु अत्यावश्यक रहेकाले यसको निर्माणका लागि मन्थली नगरपालिकाले सहयोग गर्ने बताएका छन् । सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रको अभियान उपयोगी भएकाले मन्थली नगर कार्यपालिकाले प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...