रामेछाप बहु प्राविधिक शिक्षालय द्वारा दिगो विकासका लागी शैक्षिक परामर्श

३० बैशाख २०८१, आईतवार

मन्थली । रामेछाप बहु प्राविधिक शिक्षालय मन्थलीले दिगो विकासका लागी शैक्षिक करियर परामर्श र उत्प्रेरण कार्यक्रम बारे सरोकारवालाहरूको लागी आधारभूत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । शुक्रवार बिद्यार्थीहरुको शैक्षिक करियर दिगो विकासका लागी सरोकारवालाहरू सँग शैक्षिक परामर्श गरेको थियो । कार्यक्रममा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

कृषि, भेटेरिनरी,फुड एन्ड डेरी टेक्नोलोजीमा रामेछाप बहु प्राविधिक शिक्षालयमा पठन पाठन हुँदै आएको छ । तर प्रचार प्रसार नहुँदा विद्यार्थी भना सङ्ख्या भने कम छ ।प्रमुख जिल्ला अधिकारी सञ्चाल क समितिको अध्यक्ष रहने व्यवस्था भएको उक्त शिक्षालयको गुणस्तर खस्कँदै गएपछि पछिल्लो समयमा प्रजिअ लगाएको व्यवस्थापन समितिले केही सुधारका प्रयासहरू गरेको छ । जस मध्ये यस अघि केही पालिकामा प्रचार प्रसारका कार्यक्रमहरू गरेको, शुक्रवार सरोकारवालाहरू र एस इ इ दिएर बसेका बिद्यार्थीहरुसँग अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

दिगो विकासका लागि दक्ष मानवीय पुँजी निर्माण र मानव संसाधन ब्यवस्थपनको दीर्घकालीन लक्ष कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षक सन्तोष खड्का र शशि श्री पौडेलले विद्यार्थी र सरोकारवालाहरूलाई राखेर जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बहु प्राविधिक शिक्षालयमा विद्यार्थीहरू को कोटा पनि नपुग्ने अवस्था सृजना भएको र फुड एन्ड टेक्नोलोजीमा विद्यार्थी समेत भर्ना नभएको वर्तमान अवस्थामा जिल्ला र पालिका स्तरमा यसको प्रचार प्रचारको अभियान थालिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी निरौलाले बढी भन्दा बढी विद्यार्थी लाई आकर्षण गरेर गुणस्तरीय शिक्षा दिने गरी शिक्षालयले शैक्षिक क्यालेन्डर बनाएर आफ्नो अभियान सञ्चालन गर्न शिक्षालयलाई निर्देशन दिए ।

कार्यक्रमका अवसरमा प्राविधिक शिक्षालयका प्रमुख वैकुण्ठ श्रेष्ठले शिक्षालयको सुधारका लागि आफूले आवश्यक प्रयास गरिरहेको दाबी गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...