दलित पत्रकार सङ्घबाट पत्रकार रामचन्द्र विक सम्मानित

रामेछाप । पत्रकार रामचन्द्र बिकलाई राष्ट्रिय दलित पत्रकार सङ्घ रामेछापले सम्मान गरेको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ रामेछापको दोस्रो अधिवेशनले बिकलाई सम्मान गरेको हो । राष्ट्रिय दलित पत्रकार सङ्घलाई संस्थागत किसमा योगदान पुराउनका साथै दलित पत्रकारको संरक्षणमा विशेष योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो । बिक विगत १५ वर्ष देखी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् । उनी प्रहार मिडिया ग्रुपका सञ्चालक तथा अध्यक्ष हुन् । 

राष्ट्रिय दलित पत्रकार सङ्घ, रामेछापका अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा भएको अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले अबको पत्रकारिता खोजमूलक र समाजको वास्तविक चित्रण गर्ने खालको हुनुपर्ने बताउनुभएको छ । नगरप्रमुख श्रेष्ठले‘‘पत्रकारितालाई मुलुकको चौथो अङ्गका रूपमा लिइन्छ । यसले विशेष गरी खोजमूलक, समाजको वास्तविक चित्रण देखाउन सक्नुपर्छ । समाजले भोगेका समस्याहरू, पारिवारिक, साङ्गठनिक र सामूहिक हिसाबले पनि अहिले विभिन्न कुराहरू मिडियाहरूमा आइरहेका छन् । जे जे कुरा आए पनि त्यसको वास्तविकता पत्रकारिता जगतबाट बाहिर आउनुपर्छ ।’’

खोज तथा अनुसन्धानमूलक पत्रकारितामा सबैले विश्वास गर्ने नगर प्रमुख श्रेष्ठको भनाइ छ । वास्तविकताको गहिराई सम्म नपुगी गरिने पत्रकारिताले राज्यको चौथो अङ्गका रूपमा लिइँदै आएको पत्रकारिता प्रति प्रश्नहरू उठ्ने उहाँको भनाइ छ । यदि साँच्चै यो मुलुकको विकास गरी समृद्ध बनाउने हो भने सबै जात, जाति, समुदाय सक्षम हुनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो ‘‘सबै नागरिकले सरकारले यो गरेन, त्यो गरेन भन्ने गुनासो मात्रै गर्ने नभै आफूले चाहिँ के गरे त भन्ने भावना सबैमा हुनुपर्छ । आफ्नो अधिकार खोज्दै गर्दा आफ्नो कर्तव्य पनि भुल्न हुँदैन ।’’ एक हातले मात्रै ताली नबज्ने भएकाले यो मुलुक विकासका लागि सबैको एकता, सद्भाव र सहकार्य हुन आवश्यक रहेको उहाँको भनाइ छ । 

दोस्रो अधिवेशनले नवराज विक अध्यक्षमा चयन भएका छन् । शनिवार सदरमुकाम मन्थलीमा सम्पन्न भएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल जिल्ला कार्यसमिति रामेछापको दोस्रो अधिवेशनले विकको नेतृत्वमा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सञ्जना रसाइली, सचिवमा राज लोहनी, सह–सचिवमा कुमार मिजार र कोषाध्यक्षमा सम्झना उपरकुटी चयन भएका हुन् । त्यसै गरी सदस्यहरूमा शर्मिला विशुन्के र कल्पना रसाइली चयन भएका छन् । अधिवेशनले केन्द्रीय पार्षद् र प्रदेश पार्षद् पनि चयन गरेको छ । सङ्घका निवर्तमान अध्यक्ष लेखबहादुर विक र रामचन्द्र विक केन्द्रीय पार्षद् र मिलन घिमिरे प्रदेश पार्षद्मा चयन गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...