९४ वर्षीय वृद्ध बलात्कार आरोपमा पक्राउ

Written by meropradesh creator

४ चैत्र २०७७, बुधबार

स्याङ्जा । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–१३ बिसौनाका ९४ वर्षीय वृद्ध हीराबहादुर घर्ती बलात्कारको आरोपमा पक्राउ परेका छन् । ९४ वर्षका वृद्ध भन्ना साथ आफन्त वा लट्ठीको सहारामा हिँडडुल गर्ने, ओछ्यानमा सुतिरहने भनेर अनुमान गर्ने गरिन्छ ।
स्याङ्जाका एक ९४ वर्षीय एक वृद्ध भने बलात्कार जस्तो जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

ति वृद्ध घर्तीले सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा जंगलमा रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ । युवतीका दाजुले गत फागुन २१ गते जंगलमा बहिनीसँग देखेपछि गाउँलेलाई बोलाएर वृद्धलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले भोलिपल्टै मुद्दा दर्ता गरे पनि घटना बाहिर ल्याएको थिएन ।

प्रहरीले भने उहाँले आरोप स्विकार्नु भयो त्यसैले यस्तो घटना बाहिर ल्याउँदा समाजमा नकारात्मक असर पर्छ राम्रो हुँदैन भनेर कानुनी रूपमा अगाडि बढाए पनि सार्वजनिक नगरेको बताए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होविन्द्र बोगटीले भने घर्तीलाई सामान्य रुघाखोकी लागेकाले चार दिनसम्म अस्पतालमा उपचार गराएर प्रहरी हिरासतमा राखिएको छ । घर्तीलाई प्रहरीले फागुन २२ मा पक्राउ गरेर भोलिपल्ट जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी म्याद थपेको थियो । अहिले उनको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ । पीडित युवती परिवारको संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

रामेछाप, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उहाँको निधन भएको हो।  दिवंगत श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म...