८२ बर्षिय बुबाको हत्याको आरोपमा छोरा प्रक्राउ

Written by meropradesh creator

१४ चैत्र २०७९, मंगलवार

रामेछाप । रामेछापमा ८२ बर्षिय आफ्नै बृद्ध बुबाको हत्या गरेको आरोपमा छोरा प्रक्राउ परेका छन् । गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीमा ८२ बर्षिय बृद्धलाई खुकुरी प्रहार गरि घाइते बनाएको अवस्थामा स्थानियले फेला पारेका थिए । स्थानिय लिसेखानी टोलमा बस्दै आएका करिब ८२ वर्षीय वृद्ध शमशेर बहादुर थापामगरलाई साँझ करिब ७ बजेको समयमा खुकुरी प्रहार भएको हो ।

२ नातिनी सहित आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात ब्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरि भागेका थिए ।खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि मन्थली ल्याउने क्रममा बाटोमै मृत्यु भएको रामेछाप प्रहरी प्रमुख डिएसपी गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार खुकुरी प्रहारबाट थापामगरको टाउकोमा गम्भीर चोट लागेको थियो ।

केहि दिन अघि विरामी भएर श्रीमती उपचारको लागि काठमाडौ गएकाले बृद्ध भने दुई नातिनीका साथ घरमा बस्दै आएका थिए । नातिनीहरु घर बाहिर निस्किएको मौकाछोपि बृद्ध माथि खुकुरी प्रहार भएको थियो । कस्ले र किन खुकुरी प्रहार गरेको भन्ने विषयमा केहि नखुलेको भएपनि प्रहरिले मृतकका आफनै छोरालाई भने पक्राउ गरि अनुसन्धना प्रकृया अघि बढाएको रामेछापका प्रहरी प्रमुख होम बहादुर पराजुलिले बताउनु भयो ।

घटना रहस्यमय भएकोले हामिले प्रदेश प्रहरि कार्यालय हेटौडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाई सकेकाले चाँडै अपराधि पत्ता लाग्ने विश्वास पनि प्रमुख पराजुलिले बताउनु भयो । अनुसन्धानका लागि रामेछापका प्रहरी निरिक्षक रञ्जन गिरीको नेतृत्वमा टोली खटिई रहेको छ ।

यसै गरि करिब २ महिना अघि बेताली ४ कै भिमसेनथानमा ७६ वर्षीया वृद्धा पदमकुमारी खड्काको आधा शरीर जलेको अवस्थामा शंकास्पद शव फेला परेको थियो । उक्त घटनाको संलग्न ब्यक्तिलाई पनि प्रहरिले अहिले सम्म पहिचान गर्न नसकेपछि बेताली र सिङ्गो गोकुलगंगा गाउँपालिकानै आतंकित बनेको छ ।

दुवै घटना एकै गाउँका र नजिकै नजिकैको मितिमा घटेकोले आफुहरुका लागि पनि अपराधि पत्ता लगाउने कुरामा चुनौति थपिएको पनि प्रमुख पराजुलिले बताउनु भयो । उहाँले भन्नु भयो –त्यसैले पनि हामीले थप अनुसन्धानका लागि तालीम प्राप्त कुकुर पनि भिकाएका हौं ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...