विराटनगर, ट्रकमा लोड गरिएको ६७ वटा गोरु मोरङ प्रहरीले नियन्त्रणमा लीएको छ । मोरङ जिल्लाको केराबारी–५ सतिसालेबाट ट्रकमा लोड गरिएको ६७ वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय केराबारीले ना ६ ख ६१३२ नम्बरको ट्रकसहित ६७ वटा गोरुलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
अनुसन्धानको क्रममा सिन्धुपाल्चोकका विश्व बस्नेतले अवैध रुपमा गोरु तस्करी गरेर ल्याएको खुल्न आएको मोरङ प्रहरीले जनाएको छ । ठेकेदार बस्नेतले केराबारी–८ का डोरबहादुर बिकसहित नौ जनाको व्यवसाय गर्दाको रकमसमेत तिर्न बाँकी रहेको खुल्न खुलेको छ । नियन्त्रणमा लिइएको गोरु थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...