रामेछाप । नेकपा माओवादी केन्द्रले जिल्ल्लाको छ वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार र आइतबार गरी सो पार्टीले जिल्लाको खाँडादेवी र लिखु तामाकोशी बाहेकका सबै पालिकाहरुमा आफ्नो नयाँ नेतृत्व चयन गरेको हो ।
मन्थली नगरपालिकामा शंकर बोहोराको अध्यक्षतामा, रामेछाप नगरपालिकामा मोतिलाल तामाङको अध्यक्षतामा ६५÷६५सदस्यीय कमिटि गठन गरेको छ । दुवै नगरको प्रमुख आतिथ्यता क्रमशः संघीय साँसद श्याम श्रेष्ठ र संविधान सभाका सभाषद् तारानारायण श्रेष्ठले गरेको थिए । त्यसै गरी सुनापती गाउँपालिकाको अधिवेशनको उद्घाट्न पार्टीका केन्द्रीय सदस्य युवराज चौलागाईले गरेका थिए । पालिकाका अध्यक्ष एवं माओवादी केन्द्र बागमती प्रदेश अनुशासन समितिका सदस्य धावा लामा समेतको उपस्थितिमा भएको भेलाले ठूलोकान्छा तामाङको नेतृत्वमा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।
त्यसैगरी दोरम्बा गाउँपालिकामा हिराबहादुर श्रेष्ठको अध्यक्षतामा पदाधिकारी सहित ५५ सदस्यीय नेतृत्व चयन भएको छ । उक्त कार्यक्रमको उद्घाटन माओवादी नेता एवं गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङले गरेका थिए । उता उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा पनि आइतबार अधिवेशन सकिएको छ । अधिवेशनले उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा अनन्त खड्का र गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर तामाङसहित ५५ सदस्यीय कमिटि गठन गरेको छ । उक्त कार्यक्रमको उद्घाटन भने जिल्ला अध्यक्ष मैनकुमार मोक्तानले गरेका थिए । सबै ठाउँमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको सो पार्टीले जनाएको छ ।
सबै कमिटिको कार्यकाल २ वर्षको हुने उक्त पार्टीको ८ मध्ये बाँकी रहेका लिखु तामाकोशी गाउँपालिका गरी २ वटा पालिकामा आगामी १८ गते सोमबार र खाँडादेवी गाउँपालिकामा मंसिर १३ गते अधिवेशन हुने पनि अध्यक्ष मोक्तानले जानकारी दिए । दुई मध्ये खाँडादेवीमा माओवादीका नेता एवं बागमती प्रदेशका आर्थिक तथा योजना मन्त्री शालिग्राम जमरकट्टेलले गर्ने जानकारी पनि सो पार्टीले दिएको छ । यसैगरी १८ गते हुने लिखु तामाकोशी गाउँपालिकाको उद्घाटन् शिक्षा मन्त्री देबेन्द्रराज पौडेलले गर्ने कार्यक्रम रहेको सो पार्टीका जिल्ला अध्यक्ष मैनकुमार मौक्तानले जानकारी दिए । उनले भने दुई पालिकाका साथीहरुले मन्त्रीहरुलाई नै पर्खने. भनेका कारण ती पालिकामा अधिवेशन गर्न बाँकी रहेको हो । अधिवेशन सकिएका सबै पालिकाहरुमा सभ्य, भब्य र निर्विवाद ढंगले अधिवेशन सम्पन्न भएको पनि अध्यक्ष मोक्तानले बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...