६ पालिकामा माओवादी नयाँ नेतृत्व २ पालिकामा बाँकी

Written by meropradesh creator

१३ मंसिर २०७८, सोमबार

रामेछाप । नेकपा माओवादी केन्द्रले जिल्ल्लाको छ वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार र आइतबार गरी सो पार्टीले जिल्लाको खाँडादेवी र लिखु तामाकोशी बाहेकका सबै पालिकाहरुमा आफ्नो नयाँ नेतृत्व चयन गरेको हो ।
मन्थली नगरपालिकामा शंकर बोहोराको अध्यक्षतामा, रामेछाप नगरपालिकामा मोतिलाल तामाङको अध्यक्षतामा ६५÷६५सदस्यीय कमिटि गठन गरेको छ । दुवै नगरको प्रमुख आतिथ्यता क्रमशः संघीय साँसद श्याम श्रेष्ठ र संविधान सभाका सभाषद् तारानारायण श्रेष्ठले गरेको थिए । त्यसै गरी सुनापती गाउँपालिकाको अधिवेशनको उद्घाट्न पार्टीका केन्द्रीय सदस्य युवराज चौलागाईले गरेका थिए । पालिकाका अध्यक्ष एवं माओवादी केन्द्र बागमती प्रदेश अनुशासन समितिका सदस्य धावा लामा समेतको उपस्थितिमा भएको भेलाले ठूलोकान्छा तामाङको नेतृत्वमा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।
त्यसैगरी दोरम्बा गाउँपालिकामा हिराबहादुर श्रेष्ठको अध्यक्षतामा पदाधिकारी सहित ५५ सदस्यीय नेतृत्व चयन भएको छ । उक्त कार्यक्रमको उद्घाटन माओवादी नेता एवं गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङले गरेका थिए । उता उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा पनि आइतबार अधिवेशन सकिएको छ । अधिवेशनले उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा अनन्त खड्का र गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर तामाङसहित ५५ सदस्यीय कमिटि गठन गरेको छ । उक्त कार्यक्रमको उद्घाटन भने जिल्ला अध्यक्ष मैनकुमार मोक्तानले गरेका थिए । सबै ठाउँमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको सो पार्टीले जनाएको छ ।
सबै कमिटिको कार्यकाल २ वर्षको हुने उक्त पार्टीको ८ मध्ये बाँकी रहेका लिखु तामाकोशी गाउँपालिका गरी २ वटा पालिकामा आगामी १८ गते सोमबार र खाँडादेवी गाउँपालिकामा मंसिर १३ गते अधिवेशन हुने पनि अध्यक्ष मोक्तानले जानकारी दिए । दुई मध्ये खाँडादेवीमा माओवादीका नेता एवं बागमती प्रदेशका आर्थिक तथा योजना मन्त्री शालिग्राम जमरकट्टेलले गर्ने जानकारी पनि सो पार्टीले दिएको छ । यसैगरी १८ गते हुने लिखु तामाकोशी गाउँपालिकाको उद्घाटन् शिक्षा मन्त्री देबेन्द्रराज पौडेलले गर्ने कार्यक्रम रहेको सो पार्टीका जिल्ला अध्यक्ष मैनकुमार मौक्तानले जानकारी दिए । उनले भने दुई पालिकाका साथीहरुले मन्त्रीहरुलाई नै पर्खने. भनेका कारण ती पालिकामा अधिवेशन गर्न बाँकी रहेको हो । अधिवेशन सकिएका सबै पालिकाहरुमा सभ्य, भब्य र निर्विवाद ढंगले अधिवेशन सम्पन्न भएको पनि अध्यक्ष मोक्तानले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...