रामेछाप । आफ्नै घरमा अवैद्य रुपमा लुकाई राखेको ३६६ ग्राम सालकको खपटा सहित दुई युवालाई प्रहरीले गएराती पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका–४ च्याउकेठाँटी बस्ने वर्ष २६ का मनोज थापा र वर्ष २१ का अशोक थापा रहेका छन् । उनीहरुले सालकको खपटा घरमा लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सालु र जिल्ला प्रहरी कार्यालय रामेछापवाट खटी गएको प्रहरीको टोलीले उक्त सामान सहित युवालाई पक्राउ गरेको हो ।
प्रहरीले युवाहरुले लुकाई छिपाइ राखेको ३६६ ग्राम सालकको खपटा सहित वुधवार (आज) आवश्यक कारवाहीको लागि चिसापानी डिभिजन वन कार्यालय मन्थलीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...