३१ सय ४८ मिटर अग्लो शैलुङ्गमा फल्यो कश्मीरे स्याउ

Written by meropradesh creator

१२ श्रावण २०७८, मंगलवार

रामेछाप । दोरम्वा शैलुङ्ग गाउँपालिकामा रहेको ३१ सय ४८ मिटर अग्लो शैलुङ्ग क्षेत्रमा किसानहरुले लगाएको कश्मीरे स्याउ पहिलो पटक फल्न शुरुभएपछि त्यस क्षेत्रका किसानहरु खुशीले गद्गद् भएका छन् ।

केही वर्षअघि रोजगारीको शिलसिलामा भुटान पुगेको दोरम्वा शैलुङ्ग गाउँपालिका वडा नं १ डडुवाका दावासङ्बु शेर्पा गाउँ फर्किएसँगै उनले आफ्नो जग्गामा कश्मीरे स्याउ रोपेका थिए । उनले भुटानवाट रोजगारी छाडेर नेपाल फर्किदा स्याउको विरुवा लिएर आएर गाउँमा खेती शुरुवात गरेका हुन् । हाल डडुवा–१ का १० जना किसानहरुले ८ सय बोट कश्मीरे स्याउका विरुपा रोपेका छन् । केही वर्षअघि वारीमा लगाइएको स्पाउ यसवर्षवाट फल्न थालेपछि त्यस क्षेत्रका किसानहरुमा खुशियाली छाएको हो ।

शेर्पाका अनुसार नेपालमा पहिलो पटक कश्मीरे स्याउ उत्पादन भएको उनले बताए । यसवर्षवाट कश्मीरे स्याउँको रुपमा लटरम्म दाना लागेपछि त्यस क्षेत्रका अन्य किसानहरुमा पनि स्याउ खेती तर्फ आकर्षण वढेको छ । रामेछाप र दोलखाको सिमाना क्षेत्रमा पर्ने शैलुङ्ग क्षेत्र उच्च हिमाली क्षेत्र भएकाले सधै मौसम चिसो हुने गर्दछ । त्यस क्षेत्रमा पहिलो पटक लगाएको स्याउ उत्पादन निकै राम्रो भएकाले त्यस क्षेत्रमा थप खेती विस्तार गर्न सकिने अनुभव किसानहरुले गरेका छन् ।

स्वास्थ्यको दृष्टिकोकोणले कश्मीरे स्याउलाई थाई एप्पलको रुपमा समेत कतिपयले चिन्ने गरेका छन् । डडुवाका १० जना किसानहरुले प्रति व्यक्ति ४ लाख रुपैयाँ लगानीमा कश्मीरे स्याउको खेती शुरुवात गरेका हुन् । अहिले उक्त क्षेत्रका किसानहरुले कश्मीरे स्याउको विरुवा समेत उत्पादन गरेका छन् ।

डडुवामा उत्पादित स्याउको विरुवा छिमेकी मुलुक भारतको दार्जेलिङ्ग लगाएतका क्षेत्रमा र नेपाल भित्र काभ्रे, सिन्धुपाल्चोक, गोरखा, काठमाण्डौं र नुवाकोट लगाएतका क्षेत्रका किसानहरुले खरिद गरेर लैजाने गरेका छन् । यसवर्ष डडुवामा उत्पादित स्याउ गाउँमै प्रति किलो १ सय ५० रुपैयाँमा विक्रीवितरण भइरहेको दोरम्वा शैलुङ्ग गाउँपालिका वडा नं १ डडुवाका नवाङ शेर्पाले जानकारी दिए ।

उनले भने– अन्य स्याउको तुलनामा लेकाली भुभागमा फलेको कश्मीरे स्याउको स्वाद अन्य स्याउको तुलनामा एकदमै स्वादिलो र अग्र्यानिक भएकाले पनि यो स्याउको माग गाउँमै बढी रहेको छ । गाउँमा अन्य किसानहरुले पनि यो स्याउको विरुवाको माग अत्याधिक गरेका छन् । यसलाई गाउँमा विस्तार गरी व्यवसायीक करण गर्दै लैजाने लक्ष्य लिएर अघि वढेको स्याउ कृषक शेर्पा बताउँछन् ।

दोरम्वा शैलुङ्ग गाउँपालिकाको डडुवा र दोरम्वामा यस खेतीलाई विस्तार गर्न सके त्यस क्षेत्रका किसानहरुको आम्दानीको मुख्य श्रोत बन्न सक्ने भएकाले यस खेतीलाई थप व्यवसायीक करण गर्न स्थानिय पालिकाले अग्रसरता देखाउने पर्ने त्यस क्षेत्रका किसानहरुको माग रहेको छ । किसानहरुको मागको आधारमा यस खेतीलाई थप विस्तार गर्ने योजना गाउँपालिकाले अघि सारेको दोरम्वा शैलुङ्ग गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङ्गले जानकारी दिइन ।

रामेछाप र छिमेकी जिल्ला दोलखाको सिमानामा पर्ने शैलुङ्ग क्षेत्र प्राकृतिक रुपमा अतीनै सुन्दर रहेको छ । त्यस क्षेत्रमा पुग्ने आन्तरिक वा बाह्य पर्यटकहरु पुगेपछि त्यसक्षेत्रको मनमोहक दृश्यले आँखा चिम्म नै नपारी हेरिरहन्छन् । अझ त्यस क्षेत्रमा रहेका सबैको मनै लोभ्याउने सय थुम्का डाँडा हेर्दा जति आनन्द आउँछ, त्यती नै छिनछिनमा हुस्सुले ढाँक्ने र छिनभरमै टाढाटाढाका हिमालका गगनचुम्भी अग्ला डाँडा आँखा अगाडी चाँदी जस्तै टल्कने त्यस क्षेत्रको विशेषता नै हो । अहिले त्यस क्षेत्रमा फलेको कश्मीरे स्याउले त्यस क्षेत्रको झनै आर्कषण बढाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनीलाई सात दिनको अन्तिम अल्टिमेटम दिएका छन् । नेपालमा कानुनीरूपमा दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने उनको चेतावनी छ । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सूचना आयोगको विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा...

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेस रहेसम्म वर्तमान सरकारलाई कुनै असर नपर्ने भन्दै सरकार ढाल्ने हल्ला चलाएर...

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

ललितपुर । जोशी रिसर्च इन्ष्टिच्यूटद्वारा यस वर्षको कदम पुरस्कार अभिलेखविद् डा.श्यामसुन्दर राजवंशी र हरिराम जोशी पुरस्कार– २०८१ अनुसन्धानकर्ता पद्मसुन्दर जोशीलाई प्रदान गरिने भएको छ । इन्ष्टिच्यूटले विहीबार पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा एक समारोहको आयोजना...