२४ औं फोनिज स्थापना दिवसचौतारामा सम्पन्न

Written by meropradesh creator

२७ श्रावण २०८०, शनिबार

चौतारा । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशले २४ औं फोनिज स्थापना दिवस १२ बुँदे चौतारा घोष्णपत्र जारी गर्दै सम्पन्न गरेको छ । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको चौतारामा सम्पन्न (फोनिज) बागमती प्रदेश(नेवा–ताम्सालिङ) समितिको आयोजना र फोनिज सिन्धुपाल्चोकको व्यवस्थापनमा २९ औं विश्व आदिबासी दिवस तथा फोनिजको २४ औं स्थापना दिवसको अवसरमा नेपालको आदिबासी जनजाति आन्दोलन र फोनिजको भुमिका विषय अन्तक्रिया कार्यक्रम गरी भव्यताका साथ मनाइएको हो ।

सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले नेपालमा भएका सामाजिक, राजनीतिक परिवर्तनको उतारचढाबमा आदिवासी जनजातिहरुले अतुलनिय योगदान रहेको औंल्याएका छन् । उनले जनजातिहरुले सदियौं वर्षदेखि आफ्नो अस्तित्व रक्षा, आफ्नो भाषा संस्कृति, परम्परा जोगाउनको निम्ति संगठित रुपमा होस् वा असंठनिक रुपमा आदिवासी जनजातीहरुको त्याग तपस्या, बलिदानले नै समानुपातिक, समावेसी तथा धर्मनिरपेक्ष संघिय लोकतान्त्रीक गणतन्त्र राज्य संरचना स्थापित भएको जनाएका छन् ।

कार्यक्रममा उनले भने “आयातित भाषा धर्म, संस्कृतिको प्रभावका कारण ओझेलमा पर्दै गएको जनजातिहरुको आफ्नो पहिचानसहितको राज्य संरचनाको निम्ति एक जुट भई आफ्नो भाषा, धर्म संस्कृति, परम्परा र अस्तित्वको संघर्षमा निरन्तर लागिरहनु पर्ने देखेको छु ।”
कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, प्रदेश सल्लाहकारः जीवन लामा, सुरेन्द्र भक्त दुलाल, प्रेस युनियन बागमती प्रदेशका उपाध्यक्ष श्रीराम नेपाल प्रेस चौतारी बागमती प्रदेश सदस्य सुनिता रखाल मगर,, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका सचिव बिदुर आचार्य, नेपाल आदिवासी जनजाती महासंघ सिन्धुपाल्चोक समन्वय समिति उपाध्यक्ष हरी प्रसाद श्रेष्ठ, प्रेस चौतारी प्रदेश कमिटी सदस्यः सुनिता रखाल मगर, प्रेस युनियन सिन्धुपाल्चोक जिल्ला उपाध्यक्ष निरोज चौलगाई, प्रेस सेन्टर सिन्धुपाल्चोक जिल्ला उपाध्यक्ष मणिसुन्दर कोइराला, नेवा पत्रकार दवु जिल्ला अध्यक्षः रविन्द्र श्रेष्ठ, सिन्धु नेवा खल अध्यक्ष माधव लाल कर्मचार्य, घले समाज सिन्धुपाल्चोक जिल्ला अध्यक्षः राम बहादुर घले, नेवा मिसा दवु सिन्धुपाल्चोक अध्यक्ष÷बागमती प्रदेश सचिवः सिता कसजु, राष्टिय आदिवासी जनजाती महिला महासंघका प्रतिनिधि रिना श्रेष्ठ, नेपाल तामाङ घेदुङ संघ चौ.साँ. नगर कमिटी सिन्धुपाल्चोकका अध्यक्ष मिलन तामाङ लगाएतका सहभागी रहेका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्थापना दिवसको अवसरमा सुभकामना दिँदै तथा मन्तव्य राखेका थिए । यसैगरी फोनिज स्थापना दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लामा रही लामो समयसम्म पत्रकारीता पेशा गरिरहेका अग्रज जनजाति पत्रकार ङेम्लिङ लामा सम्मानित भएका छन् । लामाले सम्मान पत्रका साथै नगद रु. पाँच हजार सम्मान स्वरुप प्रप्त गरेका छन् । भने कार्यक्रममा विभिन्न जिल्लामा उपस्थित अतिथिहरुलाई सिन्धुपाल्चोक जिल्ला अध्यक्ष लालकाजी तामाङले मायाँको चिनो प्रदान गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...