रामेछाप । रामेछापमा स्वतन्त्र आसन्न पत्रकार महासंघको निर्वाचनका लागी पत्रकार सुमित श्रेष्ठले अध्यक्ष पदकोलागी उम्मेद्वारी घोषणा गरेको छ । पत्रकार श्रेष्ठले आफ्नो १४ बुँदे प्रतिबद्धता पत्र सहित अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
श्रेष्ठले राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्ने जिल्लाभित्रका स्थानीय सरकार तथा सरकारी कार्यालयहरूको सार्वजनिक विज्ञापन, बोलपत्र, ठेक्का सूचना लगायतका सामग्रीहरू जिल्लाबाट राष्ट्रिय छापा मिडियामा कार्यरत संवाददाताहरू मार्फत उपलब्ध गराउने, खोजमूलक समाचार लेखन कार्यलाई प्रोत्साहन गर्नका लागि मासिक रू. ५,०००÷– राशीको ‘ पुरस्कार’ प्रदान गरिने जस्ता १४ बुँदे प्रतिबद्धता पत्र सहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले यस अघि ब्यक्तिगत रुपमा ‘उत्कृष्ट आदिवासी जनाजाति पत्रकारिता वर्ष पुरस्कार’को लागि ५० हजार रुपैयाँको अक्षय कोष समेत स्थापना गरिदिएका छन् ।