११ बुँदे घोषणापत्रसहित फोनिजको बैठक सम्पन्न, पत्रकार महासंघविरुद्ध देशव्यापी आन्दोलन घोषणा

कास्की — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० को संघीय समितिको तेस्रो पूर्ण aबैठक २०८२ पुस ४ र ५ गते कास्की जिल्लाको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा सम्पन्न भएको छ। लक्की चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघविरुद्ध चरणबद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ।

बैठकले नेपाल पत्रकार महासंघको महाधिवेशनबाट प्राप्त म्यान्डेटअनुसार संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठसम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन समिति गठन नगरिनु तथा संस्थापकको औपचारिक घोषणा नगरिनुप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले तत्काल अध्ययन समिति गठन गरी समस्या समाधान नगरे फोनिज चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

घोषणापत्रमा भदौ २३ र २४ गते सम्पन्न जेन–जी युवा आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चार माध्यममाथि भएका आक्रमणप्रति दुःख व्यक्त गर्दै स्वतन्त्र प्रेसमाथि हुने यस्ता घटनाको अन्त्य गर्न माग गरिएको छ। साथै २०८२ मंसिर १९ गते रिपोर्टिङका क्रममा तेह्रथुमको म्याङलुङ–८ मा फोनिज जिल्ला अध्यक्ष बबीता राईमाथि भएको आक्रमणको कडा शब्दमा भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।

बैठकले श्रमजीवी पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक सबै सञ्चार संस्थामा अनिवार्य रूपमा लागू गर्न सरकारसँग माग गरेको छ। स्वरोजगारमूलक मिडियाको संरक्षण र प्रवर्धन तथा मातृभाषामा प्रकाशित र प्रसारित सञ्चार माध्यमको दयनीय अवस्थालाई सुधार गर्न विशेष कार्यक्रम ल्याउन पनि आग्रह गरिएको छ।

प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण तथा मूल्याङ्कन प्रक्रियामा आदिवासी जनजाति समुदायले सञ्चालन गरेका सञ्चार माध्यममाथि विभेद भएको आरोप लगाउँदै त्यसलाई तत्काल संशोधन गर्न माग गरिएको छ। साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत उपलब्ध गराइने अनुदानमा फोनिजलाई सम्मानजनक व्यवहार गर्नुपर्नेमा बैठकले जोड दिएको छ।

बैठकले संविधान २०७२ ले सुनिश्चित गरेको संघीयता, पूर्ण समावेशीता, समानुपातिक व्यवस्था, स्वायत्तता तथा विशेष र संरक्षित क्षेत्रसम्बन्धी व्यवस्थाहरू कार्यान्वयन गर्न आवश्यक कानुन बनाई लागू गर्न सरकारसँग माग गरेको छ। प्रदेश १ मा जारी पहिचान आन्दोलन तथा मुकुमलुङ र खुवालुङसम्बन्धी विषय वार्ता र संवादमार्फत समाधान गर्न पनि आग्रह गरिएको छ।

यसैगरी फोनिजकर्मीका लागि राष्ट्रिय कार्यशाला, जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला, मातृभाषा पत्रकारितासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम तथा फेलोसिप सञ्चालन गर्ने निर्णय गरिएको महासचिव समीर बलामीले जानकारी दिए।

हाल फोनिजका देश तथा विदेशमा गरी ९७ वटा शाखा समिति रहेका छन् भने ४ हजार ५ सय ६४ जना पत्रकार महासंघमा आवद्ध छन्। बैठक सफल बनाउन सहयोग गर्ने गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा सम्बन्धित सबै निकायप्रति फोनिजले धन्यवाद ज्ञापन गरेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

रामेछाप, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उहाँको निधन भएको हो।  दिवंगत श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म...