रामेछाप । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीले १० दिने कर्मचारी पुर्णताजकी योग अभ्यास कार्यक्रम बिहिबार देखी मन्थलीमा रहेको योगाहलमा शुरु गरेको छ । नागरिक आरोग्य सेवा केन्द्र एंव औषधालयका स्वास्थ्यकर्मीहरुका लागि पुर्नताजकी योग अभ्यास कार्यक्रम शुरु गरेको हो । तालिम पश्चात सहभागीहरुले नागरिक आरोग्य सेवा केन्द्र र औषधालयहरुमा तालिम सञ्चालन गर्ने छ । १० दिन सम्म योगाहलमा सञ्चालन हुने कार्यक्रममा प्रशिक्षक नवराज खत्री, डा.बैकुण्ठरमण सुबेदी,डां नदन कंडेल, लेखनाथ ढकालले तालिमको सहजिकरण गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना कार्कीले योग ध्यान बाट मानिस स्वस्थ रहन सक्ने र बिभिन्न खाले रोगहरु औषधिको प्रयोग बिना ठिक हुने भन्दै योगको बारेमा प्रचार गर्न पर्ने बताए । आयुर्वेद र योगले मानिसलाई स्वस्थ राख्न साथै तनाब मुक्त बनाउन सहयोग गर्ने हुदा यसको प्रचार गर्न आवश्यक रहेको बताए । हरेक नागरिकलाई यसको महत्व र फाइदा बुझाउन सके मानिस यस प्रति अर्कषित हुने बताउनु भयो । त्यस्तै गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष गोपाल श्रेष्ठले आयुर्वेद क्षेत्रलाई सरकारले अपहेलना गरेको कारण यसको बिकास हुन नसकेको बताए ।
योगा बाट हुने १६ फाइदाहरु
१) स्वास्थ्य वैज्ञानिकहरूका अनुसार रोग लाग्नुको कारणमध्ये शरीरमा ‘फ्रि रेडिकल’ बढ्नु पनि एक हो । फ्रि रेडिकलले हाम्रो कोषिका तथा डीएनएलाई विकृत गर्छ । फ्रि रेडिकल बढ्ने कारणमध्ये अत्याधिक थकानयुक्त कसरत (जिम, एरोबिक, दौड आदि) पनि एउटा हो । योगको अभ्यासपछि भने शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन ।
२) अन्य अभ्यास तथा कसरतले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र धेरै प्रभाव पार्छ भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ ।
३) शारीरिक अभ्यासका अन्य विधि खर्चिला हुन्छन् । सहयोगी, साधन, ठूलो स्थान आदिको आवश्यकता पर्दछ । योग भने खर्चबिना नै गर्न सकिन्छ । न त सहयोगी नै चाहिन्छ न ठूलो ठाउँ न उपकारण नै । योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लैले गर्न कुनै कठिनाइ हुँदैन ।
४) अन्य अभ्यासमा मन तथा इन्द्रीयलाई नियन्त्रण गर्ने कुनै प्रक्रिया नै छैन । तर, योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।
५) योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ ।
६) योगका लागि धेरै खुराक आवश्यक पर्दैन, सामान्य खाना पर्याप्त छ । तर अन्य अभ्यासमा ‘हेभ्भी डाइट’को आवश्यकता पर्दछ ।
७) योगमा मात्र शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास छ । जसबाट अत्यन्त कम शक्ति खर्चिएर शारीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ । कमजोर व्यक्तिले पनि योगको फाइदा लिन सक्छन् ।
८) योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ तर अरू अभ्यासमा त्यो पाइँदैन ।
९) जति ‘रिढ’ लचिलो हन्छ त्यति नै शरीर स्वस्थ रहन्छ । यौवन, युवापन र शरीरमा स्फुर्ती आउँछ । ‘रिढ’को लचकता बढाउने राम्रो अभ्यास योगमा छ ।
१०) योगाभ्यासले सम्पूर्ण नशा–नाडी तथा रक्तनली शुद्ध गर्छ । अरू शारीरिक व्यायाममा यस्तो पाइँदैन ।
११) योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने अभ्यास छ । जसले अक्सिजन लिने क्षमता बढाउँछ तर अन्य व्यायाममा यो प्रक्रिया छैन । अन्य अभ्यासमा गहिरो स्वास लिने प्रक्रिया छैन जसले गर्दा फोक्सोको कम भाग मात्र सक्रिय रहन्छ ।
१२) अहिलेको रहनसहन तथा खानपिनको अवस्था विकृत बन्दै गएको छ । योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी पाइन्छ ।
१३) अन्य अभ्यासमा पाचन प्रणाली बिग्रने, लामो समयपछि हाडजोर्नी तथा मांशपेसी दुख्ने जस्ता समस्या आउन सक्छन्, तर योगमा त्यस्ता कुनै ‘साइड इफेक्ट’ हुँदैन ।
१४) योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ ।
१५) शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ ।
१६) शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक विकासका लागि योग सर्वोत्तम पद्धति हो, यसको दाँजोमा अन्य कुनै पनि शारीरिक व्यायाम आउनै सक्दैनन् । स्वस्थ्य रहनका लागि शारीरिक व्यायामका अन्य उपायभन्दा योग कैयौं गुणा फाइदाजनक रहेको अभ्यास र अनुसन्धानले नै देखाएको कुरा हो ।
अत: स्वास्थ्यका लागि सक्षम योगगुरुको आवश्यकतालाई भने भुल्न हुँदैन । सुरुका दिनमा टीभी तथा सीडीका आधारमा योग सिक्नुभन्दा योगगुरुको निगरानीमा सिक्नु राम्रो हुन्छ ।