रामेछाप । सुप्रज्ञा बचत तथा ऋण सहकारी संस्था लि. को नवौं बार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । जिल्लाको खिम्ती बेंसीमा सम्पन्न साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेलले सहकारी संस्थामा अहिले भाखा नाघेको ऋणको अबस्था निकै चुनौतीपूर्ण हुँदै गएको बताउँनु भयो । उहाँले संस्थालाई व्यबस्थित रुपमा संचालन गर्नका लागि शेयर सदस्य र संचालकहरुको उत्तिक्कै जिम्मेवार भुमिका हुने बताउँदै नेपालको बर्तमान अर्थतन्त्रमा सहकारी संस्थाको ठुलो योगदान रहेको बताउँनु भयो । अध्यक्ष ढुंगेलले अहिले सहकारी संस्थाप्रति बजारमा केहि नकरात्मक हल्लाहरु सुनिने गरेको प्रति सचेत रहन आग्रह गर्दै सवै सहकारी संस्थालाई एउटै डालोमा हालेर हेर्न नहुने बताउनु भयो ।
संस्थाका अध्यक्ष खड्ग बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले सचिव महालक्ष्मी खड्काद्धारा प्रस्तुत निति तथा कार्यक्रम र कोषाध्यक्ष ठाकुर प्रसाद न्यौपानेद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पारिद गरिएको छ । यसैगरी साधारण सभाले लेखा सुपरिवेक्षण समितिका संयोजक नारायण खत्रीद्धारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समेत पारिद गरेको छ । साधारण सभामा संस्थाका गणेश दाहाल, भोजराज कडरिया, दिपशिखा दाहाल लगायतका बक्ताहरुले आ आफ्नो मन्तव्य राख्नुभएको थियो । साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले व्यानरमा हस्ताक्षर गरेर उद्घाटन गर्नु भएको थियो ।