सुप्रज्ञा बचत संस्थाको नवौं साधारण सभा सम्पन्न

Written by meropradesh creator

४ मंसिर २०८०, सोमबार

रामेछाप । सुप्रज्ञा बचत तथा ऋण सहकारी संस्था लि. को नवौं बार्षिक साधारण सभा  सनिवार सम्पन्न भएको छ ।  जिल्लाको खिम्ती बेंसीमा सम्पन्न साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेलले सहकारी संस्थामा अहिले  भाखा नाघेको ऋणको अबस्था निकै चुनौतीपूर्ण हुँदै गएको  बताउँनु भयो । उहाँले  संस्थालाई व्यबस्थित रुपमा संचालन गर्नका लागि शेयर सदस्य र संचालकहरुको उत्तिक्कै जिम्मेवार भुमिका हुने बताउँदै  नेपालको बर्तमान अर्थतन्त्रमा सहकारी संस्थाको ठुलो योगदान रहेको बताउँनु भयो । अध्यक्ष ढुंगेलले अहिले सहकारी संस्थाप्रति बजारमा केहि नकरात्मक हल्लाहरु  सुनिने गरेको प्रति सचेत रहन आग्रह गर्दै सवै सहकारी संस्थालाई एउटै डालोमा हालेर हेर्न नहुने बताउनु भयो ।
संस्थाका अध्यक्ष खड्ग बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले सचिव महालक्ष्मी खड्काद्धारा प्रस्तुत निति तथा कार्यक्रम र कोषाध्यक्ष ठाकुर प्रसाद न्यौपानेद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पारिद गरिएको छ । यसैगरी साधारण सभाले लेखा सुपरिवेक्षण समितिका संयोजक नारायण खत्रीद्धारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समेत पारिद गरेको छ । साधारण सभामा संस्थाका गणेश दाहाल, भोजराज कडरिया, दिपशिखा दाहाल लगायतका बक्ताहरुले आ आफ्नो मन्तव्य राख्नुभएको थियो । साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले व्यानरमा हस्ताक्षर गरेर उद्घाटन गर्नु भएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...