रामेछापमा लोप हुँदै परम्परागत खरले छाएका घर

Written by meropradesh creator

२३ पुष २०७९, शनिबार

रामेछाप । पछिल्लो समय रामेछापमा ढुङ्गा माटो जडान गरेर माटोले लिपिस्एका र खरले छाएर चिटिक्क पारेका परम्परागत घर लोप हुँदै गएका छन् ।

ढुङ्गा माटो र खरले छाएको घरलाई पछिल्लो समय जस्ता, इँटा र सिमेन्टको घरले विस्थापित गर्दै आएको हो । अर्कोतिर रामेछापवाट तेस्रो मुलुकमा रोजगारिको लागि जाने संख्या बृद्धिभएसँगै देखासेखीकै कारण पनि पुराना परम्परागत घरहरु विस्थापित गरेर नयाँ पक्की घर, इट्टा र जस्तापाता लगाएर घर बनाउनेको सख्यामा समेत बृद्धि भएको हो ।

जलवायु परिर्वतनको कारण गाउँमा वर्षातको समयमा समेत पानी कम पर्न थालेपछि घर छाउन प्रयोग गरिने खर उत्पादनमा समेत कमी हुँदै आएको छ । गाउँमा खर पाउनै छाडेपछि घर छाउन समस्या एकातिर हुँदै आएको छ भने अर्कोतिर खरको छानो भएको घर आगलागीको हिसावले अत्यन्तै जोखिम समेत मानिने भएकाले खरको छानो विस्थापत गरेर नागरिकहरु अन्य विकल्पको खोजीमा लागेको रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले जानकारी दिए ।

उनले भने– पालिकामा अहिले खरले छाएका घरहरु भेट्न निकै मुश्किल छ । २०७२ सालको बिनासकारी भुकम्पले प्राय सबै पुराना परम्परागत घरहरु भत्किएपछि पुनर्निमार्णको क्रममा बनेका अधिकासं घरहरु इट्टा, सिमेन्ट र जस्तापाताको छानो प्रयोग गरे निमार्ण गरेकाले पनि खरले छाएका घरहरु विस्तापित हुन पुगेका हुन् ।


ढुुङ्गा माटो र खरले छाएको परम्परागत घरमा बस्न स्वास्थ्यको हिसावले अत्यन्त राम्रो मानिएता पनि पछिल्लो समय त्यस्ता घरहरु भेट्नै मुश्किल पर्ने गरेको मन्थली नगरपालिका–१ का टेकबहादुर भुजेलले जानकारी दिए । उनले भने– परम्परागत घरमा बस्न जाडोको समयमा न्यानो हुने र गर्मीको समयमा चिसो हुने गर्दथ्यो । तर अहिले गाउँमा ढुङ्गा माटोले घर बनाउने मिस्त्री र घर छाउन प्रयोग हुने खर पाउनै समस्या भएपछि खरको बिकल्पमा जस्ता र सिमेन्ट प्रयोग गर्न थालिएको भुजेलले बताए ।

खरको छाना भएका घरहरु दुई देखी तीनवर्षमा छानो मर्मत गरिरहनुपर्ने, खर नै नपाइने, छानो छाउने सिप भएको मिस्त्री नै भेटिन मुश्किल पर्ने र अर्कोतर्फ वर्षेनी ढुङ्गा माटोको घर लिपपोत र मर्मत गरिरहनु पर्ने भएकाले पनि पुराना परम्परागत घरहरु छाडेर नयाँ आधुनिक किसिमका घरहरु निमार्ण हुने क्रम बढेको हो ।

रामेछापका दुई नगरपालिका र ६ वटै गाउँपालिका गरि ८ वटै स्थानिय तहका ग्रामिण भेगसम्म सडक सञ्जालले जोडिएसँगै राजधानी र तराइका जिल्लावाट सिमेन्ट, छड र इट्टा गाउँसम्म पुग्ने भएपछि सबै नागरिकको रोजाइमा सिमेन्टको पक्की घर पर्न गएको हो । अर्कोतिर गाउँका युवा जनशक्ती वैदेशिक रोजगारीको लागि तेस्रो मुलुक तर्फ हिडेपछि गाउँमा काम गर्ने जनशक्ति नै नहुँदा परम्परागत घर भन्दा सहज सिमेन्टको घर बन्ने गरेको छ । परम्परागत ढुङ्गा माटो र खरले छाएको घर स्वास्थ्यको हिसाबले धेरै राम्रो मानिने मन्थली अस्पतालका डा.केशब धामीले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...