रामेछापको बावियाखर्कमा सहरी स्वास्थ्य केन्द्रको उद्घाटन

Written by meropradesh creator

८ पुष २०७७, बुधबार

रामेछाप नगरपालिका वडा नम्बर ८ बावियाखर्कमा सहरी स्वास्थ्य केन्द्रको आज एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै कोरोना भाइरस संक्रमणको कारण नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने धेरै कामहरु प्रभावीत भएको भन्दै त्यसलाई छिटै कार्यन्वयनमा लैजाने नगर प्रमुख नर बहादुर थापामगरले बताउनु भयो । गत वर्ष स्वास्थ्य क्षेत्रमा हामीले जे जती काम गर्न पर्थ्यो त्यो सकेनौ त्यसलाई यस बर्ष पुर्णता दिन्छौ नगर प्रमुख मगरले भन्नु भयो । नगरले स्वास्थ्य, शिक्षा कृषि र पर्यटनको क्षेत्रमा महत्वपुर्ण कार्य गरेको भन्दै आफुलाई काम गर्न सहज बातावरण बनाउने जनप्रतिनिधी, कर्मचारी राजनिती दलका प्रतिनिधी र नगरवासीलाई धन्यवात दिदै आगामी दिनमा पनी यस्तै साथ सहयोगको अपेक्षा लिएको बताउनु भयो ।

त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्कीले नागरीकहरुलाई स्वास्थ्य सेवाको सर्वसुलभ पहुचमा ल्याउन सहरी स्वास्थ्य केन्द्रले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले वडा कार्यालयले जेष्ठ नागरीक , अपाङ्ग र अशक्त व्यक्तिहरुलाई निशुल्क एमबुलेन्स सेवा पनी प्रदान गर्दै आएको जानकारी गराउनु भएको थियो । सहरी स्वास्थ्य केन्द्र सँचालनमा आएपछि वडा नम्बर ८ का बावियाखर्क, डुम्रिखर्क र सल्लेका स्थानियहरुलाई फाईदा पुग्ने विस्वास रहेको बताउनु भयो । स्वास्थ्य केन्द्रबाट नियमितरुपमा गर्भवती जाँच, सुकेरी जाँच, परिवार नियोजनका साधन, परामर्श, खोप जस्ता सेवाहरु दैनिक रुपमा प्रदान गरिने नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु बहादुर कार्कीले बताउनु भयो । सहरी स्वस्थ्य केन्द्रको उद्धघाटन कार्यक्रममा उपस्थित ओमकार घिमिरे, हरि कुमार कार्की , शिव प्रसाद घिमिरे , नारायण घिमिरे लगायतले स्वास्थ्य केन्द्र सन्चालनमा आएपछि आफुहरु लाई निकै फाईदा पुग्ने भन्दै खुशि व्यक्त गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा 'किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था' घोषणा गरिएको हो।...

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...