बाँदर भगाउने उम्मेद्वारलाई भोट
प्रतिनिधि सभाको निर्वाचन नजिकिदैँ गर्दा रामेछाप र दोलखा किसानहरुले बाँदरको समस्या समाधान गर्ने उम्मेदवारलाई मात्र भोट दिने अडान लिएका छन् । वर्षौंदेखि वन्यजन्तुको आतङ्क त्यसमा पनि सबैभन्दा बढी बाँदरको समस्या खेपिरहेका किसानहरुले ‘बाँदर नियन्त्रण’ को स्पष्ट खाका र ग्यारेन्टी नभएसम्म मतदान नगर्ने वा समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई मात्र भोट दिने अडान लिएका हुन् ।दोलखाको भीमेश्वर नगरपालिका–५ की किसान कृष्णकुमारी लामीछानेले बाँदरले अन्नबालीमा क्षति गर्ने गरेको दुखेसो पोख्दै यस्तो समस्या समधान गर्ने योजना बोकेर आउने उम्मेद्वारलाई आफ्नो मत दिने बताउनु भयो । त्यसैगरी रामेछाप नगरपालिका -७ सुकाजोरका दिपक कार्कीको पनि उस्तै अडान छ । बाँदर नियन्त्रण नगरेसम्म कृषि क्षेत्रको प्रचुर विकास नहुने उल्लेख गर्दै उहाँले यस्ता ठोस नीति बनाउनुपर्ने बताउनु भयो । “बाँदर कि मार्न पाउनु पर्यो कि त अरु नै उपाय लाउनु पर्यो, उहाँले भन्नु भयो ” यो निर्वाचनमा यस्ता मतदाता जस्ले मानववन्यजन्तु द्वन्द न्युनिकरण गरोस्, उसलाई मेरो भोट पक्का । बाँदर आतङ्क बाहेक किसानले कृषि क्षेत्रका अन्य समस्यालाई पनि चुनावी मुद्दा बनाउन दलहरूको ध्यानाकर्षण गराएका छन् । उनीहरूले कृषिमा सरकारी लगानी वृद्धि, समयमै उन्नत बिउबिजन र मलको उपलब्धता, कृषि मजदुरको अभावमा यान्त्रिकीकरण र उत्पादित वस्तुको बजार ग्यारेन्टी हुनुपर्ने माग राखेका छन् ।









