रामेछाप बस दुर्घटना: बेपत्ता भएका ३ मध्ये २ जनाको शव फेला, १ जना अझै बेपत्ता
रामेछाप – गत महिना रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता राजन प्रसाद तिमल्सिनाका अनुसार, मन्थली–२ का क्रिचन तामाङको शव सोमबार र उमाकुण्ड–६ का विशाल सुनुवारको शव मंगलबार भेटिएको हो।दुर्घटनामा परेका लिखुतामाकोशी–७, रामेछापका रोनिश तामाङ भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।









