गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

१० असार २०८३, बुधबार

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ।
गाउँसभामा प्रस्तुत बजेट तथा कार्यक्रमले गाउँपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र कृषि क्षेत्रको रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले विकासका आधार तयार गर्दै सुशासनमैत्री सेवा प्रवाहमार्फत नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।
बजेट प्रस्तुत गर्दै उपाध्यक्षले नेपालको विभिन्न राजनीतिक आन्दोलन तथा जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना समेत गरिएको थियो।
गाउँपालिकाले आगामी वर्षको बजेटका लागि आन्तरिक आयबाट ७ करोड ८२ लाख ९ हजार ५ सय ११ रुपैयाँ, संघीय सरकारको वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँटबाट ४६ करोड ३६ लाख ८३ हजार रुपैयाँ तथा प्रदेश सरकारको वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट ८ करोड ८६ लाख २७ हजार ७ सय ६५ रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।
यसअघि चालु आर्थिक वर्ष २०८२र८३ का लागि संशोधनसहित ५७ करोड २४ लाख ३४ हजार १७ रुपैयाँ बराबरको आय–व्यय अनुमान गरिएकोमा हालसम्म ५२ करोड ९७ लाख १३ हजार ९ सय १७ रुपैयाँ आम्दानी भएको गाउँपालिकाले जनाएको छ।
व्ययतर्फ चालु आर्थिक वर्षमा चालु खर्चका लागि ३९ करोड ११ लाख ७४ हजार १७ रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म २४ करोड ५३ लाख ९१ हजार ४ सय ८३ रुपैयाँ खर्च भएको छ, जुन कुल विनियोजनको करिब ६३ प्रतिशत हो। यस्तै पूँजीगततर्फ १८ करोड १२ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएकामा हालसम्म ८ करोड २२ लाख ६१ हजार ८ सय ११ रुपैयाँ खर्च भएको छ, जुन करिब ४५ प्रतिशतभन्दा बढी रहेको छ।
गाउँपालिकाले आगामी वर्षको बजेट कार्यान्वयनका क्रममा शिक्षा, स्वास्थ्य, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, खानेपानी विस्तार, दिगो पूर्वाधार निर्माण, ऐतिहासिक तथा मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र विकासलाई विशेष प्राथमिकता दिएको जनाएको छ। साथै निजी क्षेत्रसँगको सहकार्य, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई पनि बजेटका प्रमुख आधारका रूपमा समेटिएको छ।
गाउँपालिकाका अनुसार प्रस्तुत बजेटले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै समृद्ध गोकुलगंगा निर्माणको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...