अक्सफोर्ड कलेजको दुर्व्यवहार प्रति फोनिज द्वारा भर्त्सना

Written by meropradesh creator

५ भाद्र २०८०, मंगलवार

चितवन ः नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशका सल्लाकार तथा सङ्घीय समितिका निवर्तमान केन्द्रीय सदस्य राजु चौधरी लगायत पत्रकारहरूलाई सञ्चार गृहमा प्रवेश गरी गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले खुल्ला धम्की दिएको प्रति फोनिज सङ्घीय समिति, प्रदेश समिति र जिल्ला समितिले भर्त्सना गरेको छ ।
 गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजका  प्रिन्सिपल हरि भण्डारीका छोरा रोहन सहितका युवाहरूले समाचार लेखेका विषयमा भदौ ४ गते चितवनका सञ्चार माध्यमहरूमा प्रवेश गरी धम्की दिएको घटनाप्रति फोनिजले उक्त घट्नाको भर्त्सना गरेको हो
प्रकाशित समाचारप्रति कसैको चित्त नबुझेको खण्डमा कानुनी उपचारको बाटो खुला हुँदाहुँदै गुण्डागर्दीको शैलीमा सञ्चार गृहमै प्रवेश गरी पत्रकार तथा सञ्चारकर्मीमाथि कुटपिटको प्रयास गर्नुले समग्र प्रेस स्वतन्त्रता माथिको आक्रमण र ठाडो हस्तक्षेप भएको फोनिजले ठहर गरेको छ ।
मङ्गलवार सङ्घीय सचिव समीर बलामी, बागमती प्रदेशका महासचिव श्याम राना मगर र जिल्ला अध्यक्ष रमेश राना मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न सबैलाई तत्काल पहिचान गरी कारवाहीको दायरामा ल्याउन फोनिज जोडदार माग गर्दछ ।’ कुनै पनि बहानामा पत्रकारमाथि दुर्व्यवहार गर्नु र धम्की दिनु प्रेस विरोधी काम भएको विज्ञप्तिमा जनाइएको छ ।
यस्तो खाले प्रेस विरोधी कार्यको अन्त्य गर्न पनि फोनिजले माग गरेको छ । सञ्चार गृहमै प्रवेश गरी हातपातको प्रयास गर्नुले पत्रकारहरू असुरक्षित भएको महसुस गरेको भन्दै स्थानीय प्रशासन सँग सुरक्षाको समेत माग गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने...

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदका १२ वटा संसदीय समितिको सभापति चयनका लागि प्रक्रिया अघि बढेको छ । यसै क्रममा, महत्वपूर्ण मानिने अर्थ समितिको सभापतिमा रामेछापका सांसद डा. कृष्णहरि बुढाथोकी सिफारिस हुनुभएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने बुढाथोकीलाई...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...