एक प्रमुख सहित सबै पालिकामा महिलाले गरे उम्मेदवारी दर्ता

Written by meropradesh creator

१५ बैशाख २०७९, बिहीबार

रामेछाप । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि रामेछापका ८ वटा स्थानिय तहहरुमा महिलाहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको दुईवटा नगरपालिका मध्ये मन्थलीन गरपालिकामा उप–प्रमुख पदमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली काँग्रेसवाट यशोदा श्रेष्ठ र नेकपा एमालेवाट ईश्वरी बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी रामेछाप नगरपालिकामा उप–प्रमुख पदमा ३ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली काँग्रेसवाट वाला कार्की, शुसिला लामा र नेकपा एमालेवाट सीता केसीले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी जिल्लाको ६ वटा गाउँपालिका मध्ये उमाकुण्ड गाउँपालिकामा अध्यक्ष पदमा १ र उपाध्यक्षमा २ जना गरी तीन जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली काँग्रेसवाट सावीत्री सुनुवार, नेकपा एमालेवाट गंगा कार्की र नेकपा माओवादी केन्द्रवाट अध्यक्ष पदमा लक्ष्मी बस्नेतले उम्मेदवारी दर्ता गराएकी छिन् ।

त्यसैगरी गोकुलगंगा गाउँ पालिकामा ३ जना महिलाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली काँग्रेसवाट उषा बस्नेत (कार्की), नेकपा एमालेवाट राधिका श्रेष्ठ र राप्रपावाट उर्मिला श्रेष्ठले उम्मेदवारी दर्ता गराएकाहुन । यस्तै लिखु तामाकोशी गाउँपालिकाको उपाध्यक्ष पदमा २ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली काँग्रेसको तर्फवाट सरस्वती गुरुङ (खडका) र नेकपा एमालेवाट दीपा पाख्रीनले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी दोरम्वा शैलुङ गाउँपालिकाको उपाध्यक्षमा तीन जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली काँग्रेसवाट खमला थापामगर, नेकपा एमालेवाट मुना कडेल र नेकपा माओवादी केन्द्रवाट देउकुमारी थापामगरले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै सुुनापति गाउँपालिकाको उपाध्यक्षमा ४ जना महिलाहरुले उम्मेदवारी दिएका छन् । जसमा नेपाली काँग्रेसवाट शान्ति मोक्तान, नेकपा एमालेवाट रीता गौतम, नेकपामा ओवादी केन्द्रवाट गीता बिष्ट र एकीकृत समाजवादी पार्टीवाट सरीता खातीले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी खाँडादेवी गाउँपालिकाको उपाध्यक्षमा २ जना महिलाले उम्मेदवारी दिएका छन् । जसमा नेपाली काँग्रेसको तर्फवाट चण्डिका उप्रेती र नेकपा एमालेवाट रमा घिसिङलाई उम्मेदवारी दिएका छन् ।

यसैगरी ८ वटै स्थानिय तहका ६४ वटा वडामा २ सय १७ जना दलित महिला सदस्यले उम्मेदवारी दिएका छन् । जसमा रामेछाप नगरपालिकामा २८ जना, मन्थली नगरपालिकामा ५४ जना, उमाकुुण्ड गाउँपालिकामा २७ जना, खाँडादेवी गाउँपालिकामा २८ जना, गोकुलगंगा गाउँपालिकामा २० जना, दोरम्वा शैलुुङ गाउँपालिकामा २२ जना, लिखु तामाकोशी गाउँपालिकामा २३ जना र सुनापती गाउँपालिकामा १५ जना गरी २ सय १७ जना दलित महिलाले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...