डेरी व्यवसायीद्वारा एक पक्षीय दुधको मूल्यमा बृद्धि, किसान भने मारमा

Written by meropradesh creator

१० बैशाख २०७८, शुक्रबार

रामेछाप । रामेछापका दुग्ध डेरी ब्यवसायीहरुले एकपछिय ढंगले दुधको मुल्य अकस्मात बृद्धि गराएपछि उपभोक्ता र किसान दुवै मारमा परेका छन् । ब्यवसायीले दुधको मुल्य बृद्धि गरेर उपभोक्ताहरुलाई ढाड सेक्ने गरी एकपक्षिय रुपमा मूल्य बृद्धि गरेपनि किसानहरुलाई दिने मूल्य भने व्यवसायीहरुले बढाएका छैनन् । रामेछाप दुग्ध संकलन बिक्री तथा चिस्यान केन्द्रका सञ्चालक किशोर पौडेल र चिरञ्जीबी डेरीका सञ्चालक भानुभक्त श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गर्दै दुधको मुल्य बृद्धि भएको जानकारी गराएका छन् ।
ब्यवसायीले दुध लगाएत दुध जन्य पदार्थको मुल्य बृद्धि गरेको भएपनी आफुहरुलाई भने पुरानै मुल्य दिने गरेको किसान बद्रीप्रसाद घिमीरेले जानकारी दिए । उनले भने– हामिलाई दुध व्यवसायीहरुले अहिलेसम्म मुल्य बढाएको छैन, हामीसँग पुरानै मुल्यमा दुध किनेर उनीहरुले बिक्रीगर्दा भने उपभोक्ताहरुसँग मूल्य बढाएर लिने गरेका छन् ।


दुधको मुल्य किसानले बढाउनु पर्ने हो ब्यवसायिले बढाएको छ यो कस्तो ब्यवस्था हो । गाई भैसी पालेर दुःख गर्ने हामी फाईदा लिने बेला र दुधको मुल्य तोक्ने ब्यतmी चाहीँ व्यवसायी हुँदा किसानलाई अन्याय भएको अर्का एक किसान हरिराम भुजेले जानकारी दिए । उनले भने– व्यवसायीहरुले दुधको मूल्य बढाउँदा किसानहरुको पनि मूल्य बढ्नु पर्ने हो । तर व्यवसायीहरुले किसानहरुको ढाड सेक्ने गरी गरेको यो निर्णयले मन्थलीका आम किसानहरु मारमा परेको पनि किसान भुजेलले बताए ।
दुध ब्यवसायीले यसअघि गाईको दुध मुल्य प्रति लिटर ७० रुपैयाँमा बिक्री गर्दै आएकोमा एकै पटक १० रुपैयाँले मूल्य बृद्धि प्रति लिटर ८० रुपैयाँ पुर्याएका छन् । त्यस्तै यसअघि भैसीको दुध प्रति लिटर ८० रुपैयाँमा बिक्री गर्दै आएको दुधको मूल्यमा पनि १० रुपैयाँले बृद्धि गरि प्रति लिटर ९० रुपैयाँ पुर्याएका छन् । त्यसैगरी यसअघि दही प्रति लिटर ९० रुपैयाँ लिटर विक्री गर्दै आएका व्यवसायीले प्रतिलिटर १० रुपैयाँ मूल्य बृद्धि गरि १ सय रुपैयाँ लिटर पुर्याएका छन् । व्यवसायीले यसअघि पनीर र खुवा प्रतिकेजी ६ सय रुपैयाँमा विक्रीबितरण गर्दै आएकोमा एकैपटक १ सय रुपैयाँ मूल्य बृद्धि गराएका छन् ।
दुग्ध व्यवसायीहरुले दुधको मूल्य बृद्धि भएको जानकारी रामेछाप उद्योग वाणिज्य संघमा दुग्ध व्यवसायीहरुले दिएता पनि मूल्य बृद्धिको बिषयमा उद्योग वाणिज्य संघ बसेर कुनै छलफल नभएको रामेछाप उद्योग बाणिज्य संघका महासचिव नबराज ढुंगेलले जानकारी दिए । उनले भने– दुधको मूल्य बढ्दा किसानहरुको पनि बढ्नु पर्ने हो । यसबिषयमा आफुले थप व्यवसायीहरुसँग बुझ्ने महासचिव ढुंगेलले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बैंकिङ कसुर मुद्दामा फरार रहेका वडाध्यक्ष तामाङ पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका वडाध्यक्ष तामाङ पक्राउ

काठमाण्डौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका सन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । वडाध्यक्ष तामाङ आइतबार प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जीव यादव जनाएको छ । प्रहरीका अनुसार, उच्च...

इलाम–२ मा १६ उम्मेदवारको जमानत नै जफत

इलाम–२ मा १६ उम्मेदवारको जमानत नै जफत

काठमाडौँ । इलाम–२ मा शनिबार भएको उपनिर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार मिलन लिम्बु सहित १६ जनाको जमानत नै जफत भएको छ । मंगलबार अन्तिम नतिजा आएको इलाम २ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत भएको हो । जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने...

४० हजार मत गणना हुँदा एमाले पहिलो काँग्रेस दोस्रो स्थानमा अब को अवस्था के छ ।

४० हजार मत गणना हुँदा एमाले पहिलो काँग्रेस दोस्रो स्थानमा अब को अवस्था के छ ।

काठमाडौं । इलाम क्षेत्र न–२ मा ४० हजार मत गणना सम्पन्न भएको छ । ४० हजार मत गणना सकिदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १६ हजार ९४४ मत ल्याउदै अग्र स्थानमा रहेको छ । नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्का ११ हजार २७३ मत ल्याउदै दोस्रो स्थानमा रहेको छ । एमाले...