४० हजार मत गणना हुँदा एमाले पहिलो काँग्रेस दोस्रो स्थानमा अब को अवस्था के छ ।

काठमाडौं । इलाम क्षेत्र न–२ मा ४० हजार मत गणना सम्पन्न भएको छ । ४० हजार मत गणना सकिदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १६ हजार ९४४ मत ल्याउदै अग्र स्थानमा रहेको छ । नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्का ११ हजार २७३ मत ल्याउदै दोस्रो स्थानमा रहेको छ ।


एमाले उम्मेदवार सुहाङ नेम्बाङ काँग्रेस उम्मेलवार भन्दा ५ हजार ६७१ मत का साथ अग्र स्थानमा छ । दोस्रो स्थानमा रहेको कांग्रेससँग तेस्रो स्थानमा रहेको स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले प्रतिस्पर्धा गरेका छन् ।
२०७९ मंसिर ४ को आम निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित कांग्रेस उम्मेदवार खड्काको निकटतम प्रतिस्पर्धीमा स्वतन्त्र उम्मेदवार थेगिम देखिएका छन् । दोस्रो स्थान कायम राख्न थेगिमसँग कांग्रेस संघर्षरत छ ।
खड्कालाई स्वतन्त्र उम्मेदवार थेगिमले ९ हजार ०४४ मत ल्याएर पछ्याइरहेका छन् । गत स्थानीय तहमा जितेका वडा तथा पालिकामा कांग्रेसका उम्मेदवारले पाए अनुसारको मत खड्काले बचाउन सकेनन् । गाउँपालिका अध्यक्ष र अधिकांश वडाध्यक्ष जितेको स्थानमासमेत कांग्रेस तेस्रो स्थानमा पुगेको छ ।


गाउँपालिका अध्यक्ष ६ मध्ये ५ वटा वडाध्यक्ष जितेको चुलाचुली गाउँपालिकामा कांग्रेस तेस्रो स्थानमा खुम्चियो । एमालेले चुलाचुलीमा कुल मत ४ हजार ७४ पाउँदा कांग्रेसले २ दुई हजार ५८६ मत पायो । स्वतन्त्र उम्मेदवारले कांग्रेसलाई पछि पार्दै यस पालिकामा ३ हजार २९९ मत ल्याए ।
माङ्सेबुङ गाउँपालिकामा प्राप्त नतिजाले कांग्रेस थप पछि धकेलिन पुग्यो । स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष सहित सबै वडामा पराजित भएको हुँदा तुलनात्मक रुपमा कांग्रेस कमजोर थियो ।
पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार थेगिमले ह्वात्तै मत बढाउँदा एमालेसँगको मतान्तर कम भयो स्वतन्त्र उम्मेदवारले कांग्रेसलाई नजिकबाट पछ्याए ।

माङ्सेबुङमा स्वतन्त्र उम्मेदवार थेगिमले कांग्रेस र एमाले उम्मेदवार भन्दा बढी मत पाएका थिए । थेगिमले २ हजार ६३९, एमालेले २ हजार ५९१ र कांग्रेसले १ हजार ४८० मत पाए । यस पालिकाको गणना सकिँदा कांग्रेससँग स्वतन्त्र उम्मेदवारको मतान्तर २०७ मात्रै थियो ।

सुरुवाती मतगणनामा फाकफोकथुमबाट कांग्रेसले अग्रता लिएको थियो । त्यो अग्रता दुईटा वडामा भन्दा बढी रहन सकेन । फाकफोकथुमको वडा नम्बर १, २ मतगणना सकिँदासम्म अग्रता लिइरहेका खड्कासँग मतान्तर नेम्बाङले ३ नम्बर वडामा पुग्दासम्म घटाइसकेका थिए ।


यी तीन वडाको मतगणना सकिँदा डम्बरको १ हजार ६५८ र नेम्बाङले १ हजार ६३० मत पाएका थिए । फाकफोकथुम गाउँपालिकाको सबै मत परिणाम आइसक्दा खड्का १ हजार १५५ मतले पछि परिसकेका थिए ।
एमालेले ४ हजार ४१३ मत पाउँदा दोस्रो स्थानमा रहेको कांग्रेसले ३ हजार २५८ मत पायो । गत स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष जित्न नसकेको कांग्रेसले १, २, ४ र ७ को वडाध्यक्ष पद जितेको थियो ।
माई नगरपालिकाका वडा नं ६, ७ र ८ बाट पनि कांग्रेसले सन्तोषजनक मत पाउन सकेन । अघिल्लो चुनावमा वडा नम्बर ६ को वडाध्यक्ष जितेको कांग्रेसलाई वडा नम्बर ७ मा पुग्दा स्वतन्त्र उम्मेदवारले पनि पछि पारे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बागमती प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन

बागमती प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन

मकवानपुर । बागमती प्रदेश सभामा पहिलो पटक नेवार र तामाङ भाषा बाट प्रदेश सांसदहरूले सम्बोधन गरेका छन् ।  बागमती प्रदेश सरकारले सरकारी कार्यालयमा काम काजको भाषाको रूपमा वैशाख २४ गते देखी मान्यता दिने घोषणा गरे सँगै आजको प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन...

मुख्य मन्त्रीलाई सम्मान पत्र सहित खादा र ब्याच मन्त्रालयमै

मुख्य मन्त्रीलाई सम्मान पत्र सहित खादा र ब्याच मन्त्रालयमै

हेटौडा । बागमती प्रदेश सरकारका मुख्य मन्त्री सालिकराम जमरकट्टेललाई ठुलिमदौ लिफ्ट सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष यमबहादुर थापाले मन्त्रालयमै पुगेर सम्मान पत्र सहित खादा र ब्याच दिएका छन् । बागमती प्रदेश सरकारको लगानीमा रामेछापको मन्थली नगरपालिका...

आगलागी पीडितलाई तरुण नेताहरू द्वारा नगद सहित आवश्यक राहत सहयोग

आगलागी पीडितलाई तरुण नेताहरू द्वारा नगद सहित आवश्यक राहत सहयोग

रामेछाप । नेपाली काँग्रेसका तरुण नेताहरूले आगलागी पीडित परिवारलाई नगद सहित आवश्यक सहयोग गरेको छ ।  यही वैशाख २३ गते दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नम्बर ७ थापागाँउको छेवाङ नाम्गेल तामाङको घरमा एक्कासि आगलागी हुँदा पूर्ण क्षेती भएको थियो । नाम्गेल तामाङको घर पुर्णरुपमा...